आजको पञ्चाङ्ग एवम् राशिफल (१२ आषाढ २०८० मंगलबार, २७ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ आषाढ २०८० मंगलबार, २७ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ १२ गते मंगलबार तद्अनुसार सन् २०२३ जुन २७ तारिख आषाढ शुक्ल पक्षको नवमी तिथि हस्ता नक्षत्र ११ः२९ पर चित्रा नक्षत्र परिघ योग बालब करण आनन्दादिमा सौम्य योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ ।

आजको राशिफल

मेष – उल्लासमय रुपले दिन बित्नेछ । जाँगर बढ्नेछ भने काममा आफन्तले पनि साथ दिनेछन् । बौद्धिक कार्यबाट लाभ हुनेछ । तथापि, व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्ने योग रहेकोले सचेत रहनु हितकर होला । आरोग्यता बढ्नेछ । नयाँ सम्भावना देखापर्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – परिवारजनमा असमझदारी बढ्ने एवम् ठूला व्यक्तिबाट आलोचित हुनुपर्ने समय छ । कसैसँग वादविवादको सम्भावना रहेकोले संयमपूर्ण व्यवहार गर्नुहोला । आज हातहतियारबाट पनि जोगिएर काम गर्नु हितकारी हुनेछ । कुरा काट्नेहरू सक्रिय रहलान् । तथापि, प्रेमभाव वृद्धि हुनेछ । बढी मिहिनेतले काम बन्नेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुने योग छ ।

मिथुन – ब्यस्तता बढ्नेछ । काममा बाधा दिनेले खासै प्रगति हुन नदेलान् । जागिरमा पनि समस्या देखापर्न सक्छ । कुनै कार्यमा झमेलाको सामना गर्नुपर्ने सम्भावना छ । तथापि, धन मान पाउने योग छ भने राजनिितमा बर्चस्व बढाउन सकिने छ । रसरागको भाव वृद्धि होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – पराक्रम तथा कार्यबल बढ्ने समय छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । सामाजिक उत्तरदायित्व हासिल होला । अध्ययन–अध्यापनको काममा भने सुस्तता छाउला । मिठो भोजन प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

सिंह – कामहरू बन्नेछन्, आर्थिक लाभ हुने समय छ । आयको नयाँ श्रोत फेला पर्ला । मान्यजन वा ठूला व्यक्तिको साथ–सहयोग लिन सकिनेछ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइनेछ । ब्यापारमा पनि फाइदा होला । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद, भ्रमण आदिमा आकर्षण बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध देखापर्ने र मनमा चिन्ता बढ्ने समय छ । भाग्यले साथ दिनेछैन । धननाशको सम्भावना पनि छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ । दायित्व बढ्नेछ । ब्यस्तताका बाबजुद मनोरञ्जन एवम् रसरागमा आकर्षण बढ्नेछ ।

तुला – दिन राम्रै छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । महत्वपूर्ण काममा मित्रजन एवम् नातेदारको समर्थन मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । आरोग्यता बढ्नेछ । मिठो भोजन मिल्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – काममा सफलता मिल्ने र धनआर्जनको कार्य थालनी हुने समय छ । आजको दिन खुशीसाथ बित्नेछ भने परिवारमा पनि सुखको माहोल बन्ला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप कम भइ विश्राम मिल्नेछ । सकारात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – दिन रमाइलो छ । परिवारमा खुशीको माहोल छाउने समय छ । नयाँ ठाउँको यात्राको योग हुनुका साथै पुराना साथीसँगको भेटघाटले मन हर्षित होला । टाढाको यात्राबाट धन आर्जनको सम्भावना छ । कर्मबल एवम् दायित्व बढ्नेछ । लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । इष्टमित्रको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – समय मध्यमस्तरको छ । दैनिक प्रयोगको सामानमा खराबीले अर्थहानी हुन सक्छ । अस्वस्थताले सताउन सक्ने समय छ । कुनै समाचारले मनामा खिन्नता जगाउन सक्छ । सोचेअनुरुप काम नहोला । यसका बाबजुद रसरागको भाव वृद्धि होला । प्रेममा सफलता मिल्नेछ ।

कुम्भ – दौडधुप बढ्नेछ तर प्रयासरत काम बन्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ भने सोचेको काममा चाहिँ केही बाधा ब्यहोनुपर्ला । अरुको काम गर्नुपर्ने तर जश नमिल्ने योग छ । देखापरेको समस्याको समाधान मिल्नेछ । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । वार्तामा सफलता मिल्नेछ ।

मीन – बन्दव्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्य सवल रहला । पढाइलेखाइमा सफलता मिल्ने दिन छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ, मान सम्मान मिल्नेछ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।