आजको पञ्चाङ्ग एवम् राशिफल (१३ आषाढ २०८० बुधबार, २८ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ आषाढ २०८० बुधबार, २८ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ १३ गते तद्अनुसार सन् २०२३ जुन २८ तारिख बुधबार आषाढ शुक्ल पक्षको दशमी तिथि चित्रा नक्षत्र १२ः४० पर स्वाती नक्षत्र शिव योग तैतिल करण आनन्दादिमा काल योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ ।

आजको राशिफल

मेष – नयाँ कामको थालनी गर्न सकिने समय भए पनि आज परिवारमा आर्थिक समस्याले पनि सताउने योग छ । काममा जाँगर भने बढ्नेछ । सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । नयाँ कामसम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ । दाम्पत्यसुख बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा मन जाला ।

वृष – आजको दिन पूरै प्रतिकुल नभएपनि खासै अनुकुल पनि नहोला । ब्यर्थै मनमा डरको भाव जाग्न सक्छ, सचेत रहनुहोला । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ । कसैसंग हल्का मनमुटाव होला, सावधान रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्त पक्षको साथ मिल्नेछ ।

मिथुन – आज जागिरमा खासै मन नगए पनि अन्य कार्यमा जाँगर चल्ने र धन मान पाउने योग छ । राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रेमभाव बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – व्यस्तताका साथै दायित्व वृद्धि हुने समय छ । सोचेअनुसार योजना सम्पन्न भइ सुखको अनुभूति हुने दिन छ । आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवनमा रमाउने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त होला । सामर्थ्य वृद्धि हुनेछ भने सुख सुविधाका बस्तु बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आजको दिन नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ । आकस्मिक निम्तोमा सहभागी हुनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु उचित हुनेछ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । परिवारमा भने सामान्य विवाद होला । रचनात्मकता बढ्नेछ । रसरागको भाव बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आलस्यपनले सताउने समय छ । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । पराक्रम भने बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – परिश्रमअनुसार राम्रै उपलब्धि पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्धिको सही प्रयोगले चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आरोग्यबल वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आजको दिन चिताएको काममा सफलता पाइने र धनलाभ पनि हुने दिन छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । आज अनौठो तरिकाबाट धनलाभ हुने योग छ । परिवारबाट सुखको अनुभुति होला । भाग्यबल बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । सुखसुविधाको बस्तु खरिदमा खर्च होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – समाजिक सम्मान मिल्ला । अनौठो तरिकाबाट अर्थआर्जन हुने समय छ । शरिरमा सामान्य रोगले सताउला तर पनि भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – कर्मबल बढ्ने समय भए पनि आजको दिन आर्थिक पक्ष खासै राम्रो नरहला । निरर्थक क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनुहोला । सामान्य रोगले सताउला सावधान रहनुहोला । भौतिक सरसामनको पनि क्षति हुने दिन छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । परिवारिक सुख भने बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – जोश-जाँगरका साथ दिनको सुरुवात भए पनि पछिल्लो प्रहर जाँगर सेलाउन सक्छ । आश मरेको काम पनि आज अथक प्रयासपछि बन्ने योग रहेको छ । आफन्तको सहयोग पनि प्राप्त होला । प्रियजनसँगको भेटघाटले मन प्रफुल्ल रहला । मिहीनेतले काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – आजको दिन नचिताएको ठाउँबाट आम्दानी होला । आयआर्जनका बाटाहरु खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी होला । उपलब्धिमूलक यात्रा हुन सक्छ । व्यवहारिक सोचको विकास हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । समस्याको समाधान मिल्नेछ ।