आजको पञ्चाङ्ग एवम् राशिफल (१४ आषाढ २०८० बिहीबार, २९ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ आषाढ २०८० बिहीबार, २९ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ १४ गते विहीबार तद्अनुसार सन् २०२३ जुन २९ तारिख आषाढ शुक्ल पक्षको एकादशी तिथि स्वाती नक्षत्र सिद्धि योग वणि करण आनन्दादिमा स्थिर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ । हरिसयनी एकादशी व्रत, तुलसी रोप्ने, चतुर्मास व्रत सुरु ।

आजको राशिफल

मेष – अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुने समय छ । पारिवारिक सुख प्राप्त होला । आत्मबल बढ्नेछ । शत्रु र रोग पन्छिएर जालान् । अध्ययन-अध्यापनका लागि भने समय अनुकुल छैन । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । मित्रवर्गको साथ मिल्नुका साथै नयाँ सम्भावना देखापर्नेछ ।

वृष – आजको दिन आकस्मिक रुपले सफलता वा असफलता मिल्ने योग रहेको छ । आर्थिक कारोबार लाभदायी हुनेछ भने अधुरा कामहरु पनि बन्नेछन् । नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । साहस वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – समय खासै राम्रो नभएकोले अनावस्यक डर, वादविवाद हुन सक्ने देखिन्छ । गरेका कामहरु अधुरा रहनेछन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कसैसँग सामान्य वादविवाद तथा झैझगडाको सम्भावना छ । सावधान रहनुहोला । यसका बाबजुद प्रेमभाव बढ्नेछ, रसरागमा आकर्षण रहला । कार्यगति वृद्धि हुनेछ । बढी मिहिनेतले काम बन्नेछ ।

कर्कट – व्यस्तता वृद्धि हुनेछ । व्यवहारिक समस्याले सताउन सक्ने समय छ । घर परिवारमा खटपट भइ कामहरु अधुरै रहन सक्छन् । अनावश्यक डर देखाउनेहरू सक्रिय रहलान्, तर ढडस दिनेहरू पनि अगाडि आउलान् । प्रशस्त आर्थिक कारोबार होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने र यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आजको दिन दिन रमाइलोको साथ बित्नेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम होला । अधुरा कामहरु पूरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । काममा सफलता प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – आजको दिन कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ । मित्रजनको परामर्शले धनलाभको बाटो पत्ता लाग्ने योग छ । दायित्व बढ्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – मान सम्मानको अवस्था कायम रहने समय भएपनि स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने देखिन्छ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइएला । आर्थिक हानी हुने सम्भावना रहेकोले महत्वपूर्ण आर्थिक कारोबार थाती राख्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । बोली र व्यक्तित्वको प्रभावले काम निकाल्न सकिनेछ ।

वृश्चिक – शुभता वृद्धि हुने समय छ । जाँगर बढ्नुका साथै आफन्तले पनि सहयोग गर्नाले रोकिएका कामहरु बन्न थाल्नेछन् । प्रयासअनुसारको कार्य हुनुका साथै आइपरेका समस्याको समाधान हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने आत्मीयजनसँगको भेटले मन रमाउने छ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि होला । कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु – दायित्व र साहस बढ्नेछ । व्यवसायमा लगानी गर्दा फाइदा हुने समय छ । समस्याहरु आफै किनारा लाग्नेछन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रमभन्दा परिणाममा बढोत्तरीको अनुभव हुनेछ । अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना छ । यात्राको योग पनि छ । मित्रजनको सहयोग र समर्थन प्राप्ति हुनेछ ।

मकर – मित्रवर्ग एवम् घरपरिवारबाट सुख शान्ति मिल्नेछ । यात्राको लागि उचित समय रहेको देखिन्छ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । परिवारमा हल्का विवाद हुनसक्ने योग छ । रसराग तथा प्रेम–सन्दर्भमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – सोचेआनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । बढी खर्चले गर्दा मन अशान्त रहला । स्वास्थ्यमा पनि सामान्य समस्या पर्न सक्छ । यसका बाबजुद देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – मिश्रित परिणाम दिने खालको समय छ । दौडधुप बढ्नेछ । आज त्यसै-त्यसै समय अलमलमा गुज्रने र, काममा मन नजान सक्छ । तथापि, आँटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ । बिग्रेको प्रेम प्रसङ्गले सुधारको बाटो लिएपनि यसबारेको मानसिक तनाव कायमै रहन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला । समस्याको समाधान प्राप्त हुनेछ ।