आजको पञ्चाङ्ग एवम् राशिफल (१५ आषाढ २०८० शुक्रबार, ३० जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ आषाढ २०८० शुक्रबार, ३० जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ १५ गते शुक्रबार तद्अनुसार सन् २०२३ जुन ३० तारिख आषाढ शुक्ल पक्षको द्वादशी तिथि विशाखा नक्षत्र साध्य योग बब करण आनन्दादियोगमा मातङ्ग योग चन्द्रमा तुला राशिमा ७ः३३ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ५ः१३ बजे भयो र सूर्यास्त साँझ १९ः० बजे हुनेछ । धान दिवस, दहीच्युरा खाने दिन, तुलसीपिए ।

आजको राशिफल

मेष – नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ होला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका मिल्न सक्छ । आतिथ्यपूर्ण सम्मान पाइने योग पनि छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समग्रमा दिन शुभदायी नै छ ।

वृष – प्रेमभाव बढ्ने एवम् मिहिनेतपूर्ण कार्यबाट अरूलाई आकर्षित गर्न सकिने समय छ । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने अधुरा काम बन्नेछन् । रचनात्मक काममा जुट्ने समय छ । व्यवसायमा फाइदा होला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मिथुन – व्यस्तता बढ्नेछ । आफ्नै बोलीले समस्या उत्पन्न गर्न सक्ने भएकोले आजको दिन बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला । निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रयास गरे पनि सफलता हात नलाग्न सक्ने समय छ । यसका बाबजुद सामाजिक प्रतिष्ठा मिल्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कर्कट – टाढिएका सहयोगीहरूको साथ मिल्ने समय छ । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । शिक्षा क्षेत्रमा सफलता हासिल हुनुका साथै ब्यापारबाट सोचे झैँ लाभ हुने योग छ । नया कामको सुरुवात भने खासै राम्रो छैन । यात्रामा सफलता प्राप्त हुनेछ । मन शान्त रहनेछ ।

सिंह – मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । भौतिक सुख सुविधाको साधन प्राप्ति हुनेछ । आम्दानी बढ्ने समय छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्नेछ, जसबाट मान-प्रतिष्ठा प्राप्त होला । मनोकूलको काम बन्ने छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्नेछ ।

कन्या – जिम्मेवारी थपिएर बोझ महसूस भए पनि आजको दिन सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । रमाइलो यात्राको योग पनि छ । झुटो आरोपबाट बच्नका लागि आजको दिन बोलीमा विशेष सजगता अपनाउनु उचित हुनेछ । पराक्रम बढ्नेछ । मान-महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आज अरूका काममा समय खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहे पनि परिस्थितिले साथ दिनेछ । स्वास्थ्य सामान्य कमजोर रहला, जसबाट अध्ययन-अध्यापन कार्यमा ध्यान दिन नसकिएला । पीडा दिनेहरु सक्रिय रहनसक्ने योग भएकोले सावधानी अपनाउनु हितकर होला । विलासी काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित हुनेछ ।

वृश्चिक – आजको दिन काममा चुनौती देखिनुका साथै अलिक प्रतिस्पर्धा गर्नुपर्ला । कोसिस गर्दा केही अवसर भने मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ । बुद्धिविवेकले राम्रो काम गर्नेछ । आरोग्यबलका साथै दायित्व बढ्नेछ । शुभ काममा आकर्षण बढ्ला ।

धनु – प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापारमा पनि फाइदै होला । खर्चमा भने वृद्धि होला । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । चुनौतीहरू सजिलै पार लाग्नेछन् । लगानी बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर – आजको दिन व्यावसायिक कामका लागि टाढाको यात्रा हुन सक्छ । चोटपटकको सम्भावना रहेकोले विशेष सचेतना अपनाउनु हितकर होला । मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला । घरायसी समस्याले सताए पनि कार्य सफलताबाट सन्तुष्टि मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – नयाँ काम सुरु गर्ने समय भए पनि आज झमेला, विवाद र चोटपटकको योग छ । आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ । जोखिम बढ्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आजको दिन काममा केही चुनौती देखापर्न सक्छ । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । सामर्थ्य र साहस बढ्नेछ । आफन्तको साथ कमै मिल्ला । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । शत्रु परास्त गर्ने सामर्थ्य बढ्ला ।