फ्रान्समा प्रहरीको नियन्त्रणमा रहेका एक किशोरको हत्यापछि भड्किएको हिंसाको तीन दिनपछि एकै रातमा ६६७ जनालाई पक्राउ गरिएको छ । त्यहाँका गृहमन्त्री गेराल्ड डार्मानिनले जनाएअनुसार फ्रान्सेली सुरक्षा बलले आन्दोदनरत व्यक्तिहरूको ठूलो सङ्ख्यलाई पक्राउ गरेको हो ।
‘हिजो राति प्रहरी र अग्निनियन्त्रकहरूले फेरि साहसपूर्वक अर्को ठूलो हिंसाको सामना गरे । मेरो निर्देशनअनुसार तिनीहरूले ६६७ जनालाई गिरफ्तार गरेका छन्’, गृहमन्त्री डार्मानिनले ट्विटरमा लेखेका छन् ।
प्रतिक्रिया