आजको पञ्चाङ्ग एवम् राशिफल (१६ आषाढ २०८० शनिबार, १ जुलाई २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ आषाढ २०८० शनिबार, १ जुलाई २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ १६ गते शनिबार तद्अनुसार सन् २०२३ जुलाइ १ तारिख आषाढ शुक्ल पक्षको त्रयोदशी तिथि अनुराधा नक्षत्र शुभ योग कौलव करण आनन्दादिमा अमृत योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ । शनिप्रदोषव्रत ।

आजको राशिफल

मेष – आजको दिन दिगो फाइदा हुने काम सुरु हुन सक्छ भने भौतिक साधन जुट्नेछन् । लगनशीलताले काममा उत्साह जगाउनेछ । रोकिएका काम बन्नेछन् भने यात्राको पनि योग छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । कठोर मिहीनेतले काम बन्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आम्दानी बढ्नेछ र विभिन्न भौतिक साधन जुट्नेछन् । दाम्पत्य जीवन रमाइलो रहनेछ । विभिन्न अवसरले पछ्याउने समय छ । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा काम पनि सजिलै पूरा हुनेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना पनि छ, सावधानी अपनाउनु हितकर होला । सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । व्यावसायिक काममा खर्च बढ्नेछ । आरोग्यता रहनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

कर्कट – सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्न सक्ने समय छ । नजिकका साथीभाइ टाढिन सक्छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । तथापि, कठोर प्रतिबद्धताले आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । प्रेमभाव वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – समय शुभदायी छ । सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । मान सम्मान र प्रतिष्ठा आर्जन होला । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

कन्या – प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने योग छ । तपाईंको प्रतिभाले अरूलाई प्रभावित पार्न सकिनेछ । दायित्व बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – स्वास्थ्य कमजोर रहनाले सोचे जति काम गर्न नसकिएला, तर जिम्मेवारी भने बढिरहनेछ । हतारमा कुनै निर्णयले नगर्नु उचित हुनेछ । स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान राख्नुहोला । शत्रुसित लड्ने सामर्थ्य बढ्ने तथा बोली र व्यक्तित्वको प्रभाव बलियो रहने योग छ ।

वृश्चिक – बौद्धिक कार्यबाट धनलाभ हुने समय छ । रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पूरा हुनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुने योग छ । टाढाका शुभचिन्तकहरूले साथ दिनेछन् । यश वृद्धि हुनेछ । कल्याणकारी कार्यमा आकर्षण रहला ।

धनु – समय लाभदायक देखिन्छ । सहयोगीहरूले साथ र हौसला दिने दिन छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – व्यापार-व्यवसायमा विशेष लाभ लिने समय भए पनि कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्ने र समस्या थपिने सम्भावना छ । बोली र व्यक्तित्वको प्रभाव भने रहनेछ, जसले गर्दा महत्वपूर्ण अवसर हात पार्न सकिनेछ । आय र आरोग्यता बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

कुम्भ – घरायसी समस्याले सताउन सक्छ । आकस्मिक खर्च बढ्नेछ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने सम्भावना रहेकोले विशेष सावधानी अपनाउनुहोला । वार्तामा सफलता मिल्नेछ । मीठो भोजन प्राप्तिको योग छ ।

मीन – व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले बन्नेछन् । खर्च वृद्धि हुन सक्छ, पैसाको अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । तथापि, सामर्थ्य बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।