आजको पञ्चाङ्ग एवम् राशिफल (१८ आषाढ २०८० सोमबार, ३ जुलाइ २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ आषाढ २०८० सोमबार, ३ जुलाइ २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ १८ गते सोमबार तद्अनुसार सन् २०२३ जुलाइ ३ तारिख आषाढ शुक्ल पक्षको पूर्णिमा तिथि मूल नक्षत्र ब्रह्मा योग भद्रा करण २ः५५ पर बालब करण आनन्दादिमा लुम्ब योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ । पूर्णिमा व्रत, गुरु पूर्णिमा, गुरु पूजा, व्यास जयन्ती ।

आमको राशिफल

मेष – समय शुभदायी छ । भाग्यबल बढ्नेछ । नोकरीमा पदोन्नति र पढाइलेखाइमा प्रगतिको समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । नोकरीमा भएकाको पदोन्नति हुने सम्भावना प्रवल छ । खर्च भने केही बढ्ने देखिन्छ । कुनै पनि कार्यमा बलजफ्तीले नगर्नु हितकर होला । विदेशयात्राको प्रयत्न गरिएको छ भने आशाको किरण देखिएला । ऋण,रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – सार्थक काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । पुरस्कार, प्रशंसा, ख्याति आदि मिल्नुका साथै प्रेम र मित्रताको बन्धन कसिएला । आतिथ्यपूर्ण सम्मान पाइने योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । भौतिक साधन जुटाउन सकिनेछ । मेहनतले नाम, दाम र इनाम हात पर्ला । इष्टमित्रको साथ प्राप्त होला । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आजको दिन खुसीको समाचार सुन्न पाइएला । नयाँ व्यापार–व्यवसाय विस्तार हुने समय छ । पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । दाम्पत्य सुख र आरोग्यता बढ्नेछ । आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ, सावधान रहनुहोला । आजको दिन आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । रोजगारीको अवसर मिल्न सक्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन आफन्तसँग असमझदारी बढ्न सक्छ, तर शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नु हितकर हुनेछ । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् भने बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । तथापि, आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । बढी मिहीनेतले काम बन्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आज व्यस्तता बढ्नेछ भने ब्यापारबाट सोचेभन्दा बढी लाभ हुने देखिन्छ । मानसम्मान पाउनुका साथै आम्दानी बढ्नेछ । तर, परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । नयाँ कार्ययोजना बन्ने र नयाँ कामको सुरुवात हुने योग छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ, मौकाको फाइदा उठाउने प्रयत्न गर्नुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – पराक्रम बढ्ने समय छ । कतैबाट विशेष उपहार हातलागी हुन सक्छ । वैदेशिक व्यापार सन्तोषजनक रहने योग भए पनि खर्च बढ्ने र कामकाजमा अवरोध हुने सम्भावना छ । हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम हात पार्न सकिनेछ । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आजको दिन मन मिल्ने साथीभाइ अलिक टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउन सक्छ, ध्यान राख्नुहोला । तथापि, महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सकारात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धि हुनेछ । कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु – वादविवाद र झैझगडाको योग रहेकोले आजको दिन विवादबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । विपरीतलिंगी वा शुभचिन्तकहरूले साथ दिने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । फसेको लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । मित्रता र प्रेमको बन्धन कसिन सक्छ । बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । व्यवसायबाट फाइदा हुने देखिन्छ । पठनपाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शनको अवसर प्राप्त होला । मिठो भोजन प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । नयाँ सम्भावना देखा पर्नेछ ।

कुम्भ – विगतमा गरिएको लगानीबाट राम्रै प्रतिफल मिल्ने समय छ । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ला । व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित होला । आज नजिकका साथीभाइ टाढिन सक्छन् तर टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । प्रयासरत काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – कर्मबल बढेपनि काममा ढिलासुस्ती हुन सक्ने समय छ । आजको दिन आम्दानीको तुलनामा खर्च ज्यादा हुनसक्छ, सचेत भइ खर्च गर्नुु हितकारी होला । चोटपटकको योग भएकोले हातहतियार प्रयोग गर्दा तथा सवारीसाधनको प्रयोगमा विशेष सतर्कता अपनाउनुहोला । बुद्धिको सही उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ, ध्यान राख्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।