✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ २० गते बुधबार तद्अनुसार सन् २०२३ जुलाई ५ तारिख शुद्ध श्रावणकृष्णपक्ष द्वितीया तिथि उत्तराषाढ़ा नक्षत्र ८ः४८ पर श्रवण नक्षत्र वैधृति योग वणि करण आनन्दादियोगमा मुद्गर योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ बजे भयो र सूर्यास्त साँझ १९ः२ बजे हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन दायित्व बढ्ला । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने र पैत्रिक सम्पत्तिमा विवाद आउन सक्ने समय छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ भने मातापिताका बारेमा चिन्ता बढ्ने योग छ । विश्वास गरेको पात्रले धोका दिन सक्छ, सावधान रहनु हितकर होला । व्यवसाय र कृषितर्फ लगनशीलताले महत्वपूर्ण काम बन्न सक्छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।
वृष – समय चुनौतीपूर्ण छ । फजुलको विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारीका साथै बन्धुबान्धवसँग मनमुटाव हुन सक्छ । सामाजिक प्रतिष्ठामा पनि कमी आउनेछ । आर्थिक अभावले सताउनेछ । एक्लोपनाको अनुभूति होला । धैर्यको आवश्यकता छ । तथापि, बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रसरागको भाव जागृत हुनेछ ।
मिथुन – व्यस्तता र जोखिम बढ्नेछ । आजको दिन पारिवारिक समस्याहरू देखापर्न सक्छन् । साझेदारीमा विवाद पैदा हुने तथा पतिपत्नीबीच असमझदारी बढ्न सक्छ, सचेत रहनु हितकर होला । विद्यार्थी वर्गमा पढाइलेखाइको स्तर खस्कनेछ । प्रेम सम्बन्धका लागि भने समय अनुकूल देखिन्छ । कीर्तिमानी काम सम्पादन गर्न सकिने समय छ । रसरागमा रुचि बढ्नेछ ।
कर्कट – रोकिएका काम बन्ने समय भए पनि स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । आम्दानीको स्रोत बढ्ला । प्रेमभाव बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम अघि बढ्न सक्छन् । ख्याति फैलिनेछ ।
सिंह – मिश्रित परिणाम दिने समय छ । समाजसेवा र परोपकारका कार्यमा मन जाला । तर आयआर्जनको कमीले कार्यमा बाधा पुग्ला । नयाँ कामको आरम्भ वा काममा भएकाो पदोन्नति हुने योग छ । आफन्तजनसँग मनमुटाव बढ्न सक्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउला । मित्रजनको साथ मिल्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – आजको दिन काममा झमेला र आफन्तबीच असमझदारी बढ्न सक्छ । स्वास्थ्यमा बाधा र झुटा आरोप आइलाग्ने योग भएकोले सचेत रही व्यवहार गर्नुहोला । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । प्रवासमा रहेकाहरूलाई चाहिँ समय निकै अनुकूल देखिन्छ । मनग्ये धन कमाउने अवसर जुट्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – व्यस्तता वृद्धि हुनेछ । विलासी काममा आकर्षण बढ्ला । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ होला । घर-जग्गा जोड्ने मौका मिल्न सक्छ । विदेशयात्राको चाहना राख्नेले प्रयत्न गर्ने बेला छ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – विश्वासमा पारेर धोका दिनेहरूले सताउन सक्छन्, सावधान रहनुहोला । प्रतिष्पर्धीको चुनौतीका बाबजुद रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठनपाठनमा पनि प्रगति हुनेछ । सोच्ने शक्ति बढ्नेछ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । अन्ततः कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु – दिन शुभदायी रहला । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । साझेदारीमा फाइदा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउन सक्ने समय छ । तथापि, नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरणको सम्भावना छ । स्थायी सम्पत्ति जोड्ने समय भएपनि शक्तिमा अंकुश लाग्नेछ । परिवारिक सुख बढ्नेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त होला । भएको दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । सहयोगीको राम्रो साथ पाइनेछ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तानको सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।
मीन – विभिन्न अवसरले पछ्याउने समय छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । आयआर्जनका स्रोत भेटिनेछन् । व्यवसायमा सफलता मिल्नेछ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । तर बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला, सावधान रहनु हितकर होला । वार्तामा सफलता मिल्नेछ । सुख सुविधाको बस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया