झापामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

झापामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते


झापाको गौरीगञ्ज गाउँपालिका-६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका-६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजाललका अनुसार घटनामा भारतको फुलाबारी घर भइ हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको छ ।