आजको पञ्चाङ्ग एवम् राशिफल (२१ आषाढ २०८० बिहीबार, ६ जुलाइ २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ आषाढ २०८० बिहीबार, ६ जुलाइ २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ २१ गते बिहीबार तद्अनुसार सन् २०२३ जुलाइ ६ तारिख शुद्ध श्रावणकृष्णपक्ष तृतीया तिथि श्रवण नक्षत्र ७ः१० पर धनिष्ठा नक्षत्र विषकुम्भ योग ८ः०५ पर प्रीति योग बब करण आनन्दादिमा ध्वज योग चन्द्रमा मकर राशिमा १८ः२० पर कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः१५ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन तपाईंलाई आफू कमजोर भएको अनुभूति हुनसक्छ । यसका बाबजुद कर्मबल भने बढ्नेछ । अप्रिय समाचारले मन खिन्न रहला । व्यावसायिक काममा फाइदा भए पनि तत्काल खर्च हुने योग छ । कुनै महत्वाकांक्षी योजना छ भने गोप्य राखेर अघि बढ्नु हितकर होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । मित्रजनको साथ रहनेछ ।

वृष – भाग्यबल बढ्नेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्ने सम्भावना छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने समय हुनाले कीर्तिमानी काम सम्पादन होला । काममा मातापिताको सहयोग प्राप्त होला । मान्यजनको सुझावप्रति विश्वास नलाग्ने र विगतको निर्णयले काम बिग्रन सक्ने योग छ । कसैलाई बेसुरमा वचन नदिनु हितकर होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान प्राप्तिको योग छ ।

मिथुन – गर्दै आएको कामलाई निरन्तरता दिन सकिनेछ । विभिन्न सहयोग र उपहार मिल्न सक्छ । तर आज आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । आम्दानी बढ्नेछ भने पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । व्यापारमा फाइदा हुने देखिन्छ । दौडधुप बढ्नेछ र पनि मनोरञ्जनपूर्ण कार्यमा मन जाला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ ।

कर्कट – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । खर्च वृद्धि हुने र प्रलोभन देखाउनेहरूले फसाउन सक्ने योग छ,सचेत रहनुहोला । कार्यगति वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान मिल्ला । रमाइलो यात्रा हुन सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग छ, सावधान रहनुहोला । आफ्नै कमजोरीले विवादमा परिनेछ । सन्तानसुख मिल्नेछ । आशा उत्साह थपिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

कन्या – धेरै मिहेनत गरेर पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । पढाइमा राम्रै प्रगति होला । तर, बन्न लागेको काममा रोकावट हुने र आकस्मिक खर्च हुन सक्ने योग छ । दायित्व बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – व्यस्तता बढ्नेछ । काम बिग्रने भयले सताउन सक्छ । आजको प्रयत्न निष्फल जस्तै होला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । तथापि, स्वादिष्ट भोजनको आनन्द पाइएला । स्वस्थ्यप्रति सावधान रहनुपर्ने समय छ । सहयोगीहरूले त्यत्ति साथ नदिन सक्छन् । शत्रुसित लड्ने सामर्थ्य भने बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव राम्रै रहला ।

वृश्चिक – अनुकूल समय हुनाले सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने योग छ । नयाँ काम सुरु गर्न सकिनेछ । व्यापारमा विशेष फाइदा हुनेछ । आलोचना गर्नेहरूको सक्रियता भने रहनेछ । मानसम्मानमा आघात पुग्न सक्छ, सावधान रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । यश वृद्धि हुनेछ । कल्याणकारी कार्यमा आकर्षण रहला ।

धनु – आरोग्यता र दायित्व बढ्नेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । यात्रामा विशेष खर्च हुने योग छ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नु हितकर होला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । धन आर्जन गर्ने मौका मिल्ला । रोकिएको काम बन्नेछ । मित्रजनको सहयोग र समर्थन रहनेछ ।

मकर – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय भए पनि व्यावसायिक काममा त्यत्ति फाइदा नहोला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्छ, होस राख्नुहोला । पढाइलेखाइमा समय दिन नसकिएला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – विपक्षी वा विरोधिको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । तथापि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – व्यस्तता बढ्नेछ । आजको दिन सन्तानपक्ष, अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले हित हुन सक्छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । पारिवारिक जमघटमा मन रमाउनेछ । तर, सोचेको विशेष काममा अवरोध आउन सक्छ, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।