लेलेबाट पनि साझा बस सरर !

लेलेबाट पनि साझा बस सरर !


ललितपुर जिल्लास्थित गोदावरी नगरपालिकाले पर्यटक तथा स्थानीयलाई लक्षित गरी साझा बस सञ्चालन गरेको छ । बस सञ्चालनका लागि गोदावरी नगरपालिका र साझा यातायात सहकारी संस्थाबीच समझदारी भएपछि सेवा सञ्चालनमा आएको हो ।

गोदावरी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्वर ५ का वडा अध्यक्ष मिलन सिलवालका अनुसार बस लेले सातदोबाटो हुँदै रत्नपार्कसम्म पुग्दछ ।

अहिले दैनिक चार वटा बस सञ्चालन गरिएको प्रवक्ता सिलवालले बताएका छन् ।

बस सेवाले दश हजार वडाबासीलाई मात्र नभइ गोदावरी महालक्ष्मी तथा ललितपुर महानगर र यहाँ आउने पर्यटकहरुलाई सुविधा पुग्नेछ ।