आजको पञ्चाङ्ग एवम् राशिफल (२२ आषाढ २०८० शुक्रबार, ७ जुलाइ २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ आषाढ २०८० शुक्रबार, ७ जुलाइ २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं.११४३ ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ २२ गते शुक्रबार तद्अनुसार सन् २०२३ जुलाई ७ तारिख शुद्ध श्रावणकृष्णपक्ष चतुर्थी तिथि ७ः५९ पर पञ्चमी तिथि धनिष्ठा नक्षत्र ५ः३० पर शतभिषा नक्षत्र प्रीति योग ०ः२५ पर आयुष्मान योग कौलव करण आनन्दादियोगमा धाता योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः१५ बजे भयो र सूर्यास्त साँझ १९ः१ बजे हुनेछ ।

आजको राशिफल

मेष – धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छिमेकमा केही असमझदारी बढ्ने योग भएपनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान पक्षबाट प्रसन्नता मिल्नेछ । बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मानवर्द्धक काममा सफलता मिल्नेछ । यात्रा सुखद रहला ।

वृष – दिन उत्साहवर्द्धक एवम् मनोरञ्जनपूर्ण रहनेछ । रहला । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका मिल्ने देखिन्छ । स्थानान्तरण तथा टाढाको यात्रा सम्भावना छ । पितृधनप्राप्तिको योग हुनेछ । व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक कामले यात्रा हुन सक्छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । श्रमको उचित मूल्यांकन होला । तर, प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । पढाइमा भने प्रगति हुनेछ । जोखिम बढ्नेछ तर दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्ने समय छ ।

कर्कट – समय त्यति अनुकुल नरहला । सहयोगीले तपाईंको कमजोरीप्रति टिप्पणी गर्न सक्छन् । द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, सचेत रहनुहोस् । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त हुनेछ । कर्मबल बढ्नेछ ।

सिंह – आजको दिन व्यापारमा प्रशस्त फाइदा हुने योग छ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । विगतका कमजोरीलाई सुधार गर्न मौका मिल्ला । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । दाम्पत्यसुख बढ्नेछ । रचनात्मक काममा मन जाला ।

कन्या – नयाँ जिम्मेवारी हात पर्ने सम्भावना छ । परोपकारजन्य क्रियाकलापबाट राम्रै प्रतिष्ठा पाइनेछ । सामाजिक उत्तरदायित्व वहन गरिएला, रोकिएका कामहरू सम्पादन हुनेछन् । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य मात्र लाभ मिल्ने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – जिम्मेवारी बढिरहनेछन् तर स्वास्थ्य भने कमजोर रहको अनुभूति होला । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्न सक्छ । वैदेशिक यात्राको अवसर आउला । लेनदेनमा विवाद आउने योग रहेकोले सजग रहनुहोला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

वृश्चिक – व्यस्तता वृद्धि हुनेछ । केही मात्रामा खर्च बढे पनि काममा लगानीको समय छ । प्रयास गर्दा रोकिएका बन्नेछन् भने नयाँ काम पाइने योग छ । कृषि–चौपायाबाट लाभ मिल्नेछ । अरूको भर पर्दा धोकामा परिने समय रहेकोले सचेत रहनु हितकर होला । दाम्पत्यसुख बढ्नेछ ।

धनु – परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । तथापि, आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्न सक्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट भने प्रतिष्ठा मिल्ने समय छ । व्यावसायिक काममा खर्च बढ्नेछ र, उद्योग तथा व्यापारमा सामान्य मात्र फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिए पनि नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय भएपनि काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ । तर पढाइलेखाइमान त्यत्ति ध्यान दिन नसकिएला । आरोग्यता बढ्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्ने र रसरागमा आकर्षण रहने समय छ । यात्रापरक कार्यमा सफलता प्राप्त होला ।

मीन – आजको दिन सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । तर, काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । प्रेमको बन्धन कसिने बेला छ । वार्तामा सफलता मिल्नेछ भने साझेदारीको काम बन्नेछ ।