✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ २३ गते तद्अनुसार सन् २०२३ जुलाइ ८ तारिख शनिबार शुद्ध श्रावणकृष्णपक्ष पञ्चमी तिथि ५ः३३ पर षष्ठी तिथि पूर्वाभाद्रपद नक्षत्र सौभाग्य योग गर करण आनन्दादिमा काल योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ ।
आजको राशिफल
मेष – बोलीको भरमा काम सम्पादन हुने समय छ । काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ला । तपाईंको विचारले धेरैलाई आकर्षण गर्ला । स्वास्थ्य सबल रहनेछ । व्यापारमा भने कम मात्र फाइदा भए पनि कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।
वृष – समय मिश्रित फलदायी छ । कर्मबल बढ्नेछ । उठ्नुपर्ने रकम पनि हातलागी हुने र आम्दानी बढ्नेछ । तथापि, आम्दानीका लागि केही ज्यादा नै मिहेनत गर्नुपर्ला । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । सहयोगीहरूले काममा साथ दिनेछन् । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने समय छ तर बोझिलो जिम्मेवारी बढ्न सक्छ । अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । परिवारजनमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट – नयाँ काम र जिम्मेवारी हात पार्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । अध्ययन–अध्यापनमा पनि राम्रै प्रगति हुनेछ । प्रतिष्ठित काम गर्ने मौका मिल्ला । व्यापार तथा उद्योगतर्फ फाइदा हुने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।
सिंह – प्रशंसकहरू बढ्ने तथा सहयोगीहरूले काममा साथ दिने समय छ । विगतको श्रमबाट प्रशस्त धनलाभ हुने देखिन्छ । प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइएला । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । व्यावसायिक काममा राम्रै फाइदाको योग छ । प्रेममा आकर्षण बढ्नेछ । आरोग्यता रहनेछ । मित्रजनको साथ मिल्नेछ ।
कन्या – आजको दिन उत्साहपूर्ण रहला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठा आर्जन हुने खालको काममा मित्रजनको सहयोग प्राप्त होला । सुखद समाचार सुन्न पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । आरोग्यता वृद्धि हुनेछ । कुनैपनि समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ ।
तुला – सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । तथापि, पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । प्रेमबल बढ्ने तथा रसरागमा आकर्षण बढ्नेछ । आजको दिन योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – व्यस्तता बढ्नेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय भएपनि लेनदेनमा विवाद होला । इष्टदेवको पूजा–उपासना गर्नाले फाइदा हुनेछ । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनुपर्ला । शत्रु परास्त गर्ने क्षमता वृद्धि होला ।
धनु – आजको दिन आर्थिक अभावले अलिक सताए पनि रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका मिल्ला । काममा मातापिताको सहयोग प्राप्त होला । नयाँ काममा हात हाल्ने परिवेश बन्न सक्छ । स्थायी सम्पत्ति जोड्ने योग पनि देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मकर – भाग्योन्नतिको समय छ । आर्थिक उपार्जनमा सुधार आउनेछ । ज्यादा परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने तथा धन आर्जन गर्ने मौका जुर्ला । पराक्रम र उत्साह बढ्नेछ । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्रा सम्भावना छ । बाध्यताका काममा जुट्नुपरे पनि आम्दानी बढ्ने समय छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । आरोग्यबल बढ्नेछ । शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ तर परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफल हुनेछ । सुख–सुविधाको वस्तु बढ्नेछन् ।
प्रतिक्रिया