✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ २४ गते आइतबार तद्अनुसार सन् २०२३ जुलाइ ९ तारिख शुद्ध श्रावणकृष्णपक्ष सप्तमी तिथि उत्तरा भाद्रपद नक्षत्र शोभन योग भद्रा करण आनन्दादिमा स्थिर योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ । रविसप्तमी ।
आजको राशिफल
मेष – आजको दिन शैक्षिक व्यवसाय गर्नेहरुका लागि विशेष अनुकूल रहला । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ भने उद्योग–व्यापारमा पनि विशेष फाइदाको योग छ । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु आवश्यक छ । कठोर मिहीनेतले काममा सफलता मिल्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । शत्रु परास्त होलान् ।
वृष – शुभता वृद्धि तथा आयबल बढ्ने समय छ । आशा उत्साह थपिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइने समय भए पनि आजको दिन चरित्रसम्बन्धी आरोप आउन सक्ने भएकोले विपरितलिङ्गीहरुबाट चाहिँ टाढा रहनु हितकर होला । कतै यात्रा गर्ने अवसर प्राप्त हुने योग छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । विगतको श्रमबाट धन लाभ हुनेछ । मित्रजनको साथ प्राप्ति र सन्तान पक्षबाट सुख मिल्नेछ ।
मिथुन – कर्मबल बढ्नेछ । कुनै महत्वपूर्ण निर्णय लिँदै हुनुहन्छ भने आज थाती राख्नु हितकर होला । मातापिता, सन्तान एवम् आफन्तजनसँग मतभेद बढ्ने योग भएकोले सोचविचारका साथ व्यवहार गर्नुहोला । अध्ययन-अध्यापनमा पनि अवरोध आउने देखिन्छ । लेनदेनमा विवाद बढ्ने समय छ । विगतको श्रमबाट भने लाभ हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ ।
कर्कट – बलभन्दा बुद्धिको काममा जोड दिनुपर्ने समय छ । खर्चका बाध्यता केही ज्यादा नै आइपर्न सक्छन् । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ । आजको दिन नगद लेनदेन नगरेकै उचित हुनेछ । मिठो भोजन प्राप्त होला । रसरागको भाव वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
सिंह – आफ्नैबाट विश्वासघात हुने योग भएकोले आजको दिन गोपनीयतामा एकदमै ध्यान दिनुपर्नेछ । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने प्रक्रिया सरल भएको अनुभूति होला । दाम्पत्य सम्बन्ध सुमधुर हुनुको साथै प्रेम सम्न्धमा पनि मिलनको अवस्था सिर्जना हुनेछ । सामर्थ्य वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा मना जाला ।
कन्या – मित्रजनहरूसँग असमझदारी बढ्न सक्ने सम्भावना भएको दिन भए पनि आज पति–पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुने देखिन्छ । निर्णायक क्षमतामा भने कमी आउला । घर तथा सवारी साधन जोड्ने अवसरको योग छ । प्रेमभाव बढ्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।
तुला – आजको दिन स्वास्थ्यका लागि खानपानमा विशेष सजक रहनु हितकर होला । गोपनियतामा निरन्तर रहनु उचित हुनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । आम्दानीको अवसर प्राप्त हुनेछ । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसँग विवाद वा झगडा हुन सक्छ । विद्यार्थीहरुका लागि भने दिन राम्रो छ । आरोग्यता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने सम्भावना भएकोले आजको दिन चिन्ता बढ्न सक्छ । दाम्पत्य सम्बन्धमा मनमुटाव पैदा हुने योग छ, सावधान रहनुहोला । तपाईंका कमजोरीमाथि टीकाटिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्न सक्छ तर बोलीको प्रभाव रहनेछ । सहयोगीहरू टाढिन सक्छन् । प्रेममा भने आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।
धनु – नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । कहीँ मिष्ठान्न भोजनको अवसर प्राप्त हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । लगनशील बन्न नसक्ता आलोचनाको पात्र बनिने सम्भावना छ । व्यस्तता र दायित्व बढ्नेछ । धनको आगमन भैरहनेछ ।
मकर – सन्तान वा अनुयायीले प्रसन्नता दिलाउने समय छ । बोलीको प्रभावमा अरुको विश्वास जितेर महत्वपूर्ण कार्य अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडि बढ्ने समय छ । आजको दिन स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुपर्ला । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ । रसरागात्मक कार्य तथा प्रेममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।
कुम्भ – निरर्थक यात्रा हुने तथा प्रेम सम्बन्धमा खटपट पर्ने समय छ । आर्थिक कठिनाइ पनि पर्न सक्छ । स्वास्थ्यसम्बन्धी पुरानो समस्याले सताउन सक्छ । विगतको श्रमबाट धन लाभ हुनेछ । प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । शुभ समाचार प्राप्त होला । मान प्रसंशा बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।
मीन – आजको दिन आर्थिक कारोबारमा समस्या आए पनि अरुको विश्वास सजिलै जित्न सकिने समय छ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहनेछ ।
प्रतिक्रिया