आजको पञ्चाङ्ग एवम् राशिफल (२५ आषाढ २०८० सोमबार, १० जुलाइ २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ आषाढ २०८० सोमबार, १० जुलाइ २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ २५ गते तद्अनुसार सन् २०२३ जुलाई १० तारिख सोमबार शुद्ध श्रावणकृष्णपक्ष अष्टमी तिथि रेवती नक्षत्र अतिगण्ड योग बालब करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – आजको दिन केही चुनौतीहरू देखिन सक्छन्, अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । हातमा आएको प्रतिफल गुम्न सक्छ । धैर्यले काम लिने समय छ । खर्च बढ्नेछ । शत्रु पक्षमाथि भने विजय प्राप्त हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – समय शुभदायी नै छ । आयबल बढ्नेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । यात्राको योग छ तर यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – कर्मबल र समृद्धि बढ्ने समय छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दाम्पत्य सम्बन्धमा अविश्वास बढ्ने योग छ, ध्यान राख्नुहोला । समस्याको समाधान प्राप्त हुनेछ । प्रतिष्पर्धी परास्त होलान् ।

कर्कट – भाग्यबल बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका कामहरू सम्पादन हुनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । विभिन्न अवसर जुटे पनि अरूलाई जथाभावी वचन दिने बानीले दुःख पाइनेछ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । शोख पूरा गर्नमा केही खर्च बढ्ने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – समय अनुकुल छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिलो हुनेछ । धेरैको भलाइ हुने काम गर्न सकिनेछ । आरोग्यता वृद्धि हुनेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – तपाईंको कामको प्रशंसा हुने समय छ । कीर्तिमानी काम गर्ने अवसर प्राप्त होल । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सन्तान वा अनुयायीहरूबाट खुशी मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कुनैपनि समस्याको समाधान मिल्नेछ ।

वृश्चिक – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने समय छ । बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । प्रेमबल बढ्नेछ । आरोग्यता रहनेछ । योजना र बजेट बनाइ कार्य गर्नु हितकर होला ।

धनु – आश मारेको काम बन्नाले उत्साह जाग्ने समय छ । विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । व्यस्तता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । ब्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टाको कामबाट विशेष लाभ मिल्ने योग छ । नयाँ जिम्मेवारी पाइएला । स्वास्थ्य सबल रहनेछ । पराक्रम वृद्धि हुनेछ । परिवारिक सुख बढ्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।

कुम्भ – काममा चुनौती देखापरे पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । प्रतिभाको कदर हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।

मीन – लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य त्यति अनुकुल नरहे पनि हिम्मतले काम लिन सकिनेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । आफन्तको साथ कमै मिल्नेछ । वार्तामा भने सफलता मिल्ला ।