आजको पञ्चाङ्ग एवम् राशिफल (२६ आषाढ २०८० मंगलबार, ११ जुलाइ २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ आषाढ २०८० मंगलबार, ११ जुलाइ २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ २६ गते मंगलबार तद्अनुसार सन् २०२३ जुलाइ ११ तारिख शुद्ध श्रावणकृष्णपक्ष नवमी तिथि अश्विनी नक्षत्र सुकर्म योग तैतिल करण आनन्दादिमा अमृत योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१७ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ । विश्व जनसंख्या दिवस ।

आजको राशिफल

मेष – आरोग्यता बढ्नेछ । हाँसखेल र मनोरञ्जनमा आजको समय ब्यतीत होला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिकलाभको योग पनि छ । नयाँ सम्भावना देखापर्ने छ । मान, सुख बढ्नेछन् । यश वर्चश्व वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – आजको दिन आर्थिक रूपमा सवल भएको अनुभूति होला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रा पनि सोचेजस्तो रमाइलो नहुन सक्छ । स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु हितकर हुनेछ । बढी मिहीनेतले काम बन्नेछ । आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ र सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – पारिवारिक सहयोग प्राप्त हुने समय छ । व्यवसायमा लाभ होला । मनोरञ्जनपूर्ण समय रहे पनि कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमी-प्रेमिकासँगको भेट तथा दाम्पत्य सम्बन्धमा पनि सामान्य चिसोपन देखिन सक्छ । कतै यात्राको सम्भावना छ तर आजको दिन अनावश्यक यात्राबाट जोगिनु .हितकर हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । कार्यगति वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आज शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले बोली-व्यवहारलाई नियन्त्रणमा राख्नु हितकर होला । नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । सुख वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुने समय छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – शरीरमा उत्साह र उमङ्ग प्राप्त भए पनि आज पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन । स्वास्थ्य भने सबल रहनेछ र, काममा पनि फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । पराक्रम बढ्नेछ । व्यापारमा विशेष फाइदाको योग छ । यात्रामा सफलता प्राप्त हुनेछ । रसराग, खेलकुद, भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – बौद्धिक प्रतिस्पर्धामा विजयी भइने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । पढाइलेखाइमा प्रगति होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आर्थिक लाभ प्राप्त होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । मिठो भोजन खान पाउनु हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – रोकिएका काम सम्पादन हुनेछन् । परोपकार र धार्मिक क्षेत्रमा हात बढाउँदा हितकर होला । आजको दिन कसैसँग सामान्य विवाद हुन सक्छ । सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । बौद्धिक कार्यमा यात्राको सम्भावना छ । आरोग्यता बढ्नेछ । सकारात्मक काम बन्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो रहला । प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि जित तपाईंकै हुनेछ । दायित्वका साथै साहस बढ्नेछ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – ठूलाबडासँग सुमधुर सम्बन्ध रहने समय छ । बन्दव्यापारबाट फाइदा हुनेछ । परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आज गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला । यस्तता बढ्नेछ । रसरागात्मक क्रियाकलाप वा प्रेममा सफलता मिल्नेछ । यश वर्चश्व बढ्ला ।

कुम्भ – पराक्रमका साथै अनुकूलता बढ्नेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्ने समय छ । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक लाभ पनि पुग्नेछ । प्रयासरत काम बन्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – आजको दिन आर्थिक पक्ष सबल रहला । नयाँ काम र जिम्मेवारी हात पर्ने सम्भावना छ । पढाइलेखाइमा पनि राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्ने योग छ । परिवारमा पाहुनाको आवागमन तथा खातिरदारीमा महत्वपूर्ण समय बित्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।