थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चालले राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन् । सन्न्यासको घोषणा गरेपनि नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने उनले जनाएका छन् ।
युनाइटेड थाई नेसन (यूटीएन) पार्टीको आधिकारिक फेसबुक पेजमार्फत विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री चालले भनेका छन्, “अब म यूटीएन पार्टीको सदस्यबाट राजीनामा दिएर राजनीतिक जीवन त्याग गर्दैछु ।”। उनले राष्ट्र, धर्म र राजतन्त्रका संस्थाहरूको रक्षा गर्न आग्रह पनि गरेका छन् ।
थाई प्रधानमन्त्रीको यो निर्णय थाई संसदमा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनु केही दिनअघि सार्वजनिक भएको हो । एएफपीका अनुसार आठ वर्षअघि सत्ता कब्जा गरेका सेनाप्रमुख उनले थाई राजनीतिमा लामो समयदेखि चलिरहेको द्वन्द्वको फाइदा उठाउँदै अत्यधिक विवादास्पद सन् २०१९ को निर्वाचनमा नियन्त्रणलाई सुदृढ पार्ने प्रयास गरेका थिए ।
प्रतिक्रिया