आजको पञ्चाङ्ग एवम् राशिफल (२८ आषाढ २०८० बिहीबार, १३ जुलाइ २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ आषाढ २०८० बिहीबार, १३ जुलाइ २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ २७ गते बिहीबार तद्अनुसार सन् २०२३ जुलाई १३ तारिख शुद्ध श्रावणकृष्णपक्ष एकादशी तिथि कृतिका नक्षत्र शूल योग बब करण आनन्दादिमा लुम्ब योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान ५:१८ मा भयो र सूर्यास्त सांझ १९:०० बजे हुनेछ । कामिका एकादशीव्रत ।

आजको राशिफल

मेष – आफन्त, परिवारजनमा आत्मीयभाव बढ्ने समय छ । साथीभाइको सहयोग प्राप्त होला, साथै धनलाभको पनि योग रहेको छ । प्रतिस्पर्धामा भने केही कमजोर सावित भइएला । व्यापार-व्यवसायमा लगानी बढाउन सकिनेछ । कामविशेषले गरिने यात्रा सफल रहनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – आजको दिन आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा होला । परिवारजनका आवश्यकता पूरा हुनाले मन प्रशन्न हुनेछ । साथै पढाइमा पनि केहि प्रगती हुने दिन रहेको छ । धनलाभको योग छ । भौतिक साधनहरू जुट्नेछन् । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ ।

मिथुन – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । कामको सिलसिलामा स्थानान्तरण तथा यात्राको सम्भावना छ । साझेदारीको काममा राम्रो फाइदा हुनेछ । तपाईंको कर्मको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा प्रगतिको समय छ । बन्धुबान्धवसँग असमझदारी बढ्ने योग रहेकोले सावधान रहनु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

कर्कट – आज प्रतिस्पर्धीहरूले तपाईंको स्थान ओगट्न सक्ने सम्भावना छ । आर्थिक कारोवार अति आवश्यक अवस्थामा बाहेक नगर्नु नै उचित हुनेछ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ, तर खर्च भने निकै बढ्न सक्छ । सचेतनापूर्वक व्यवहार गर्नुहोला । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुने समय भए पनि बाध्यताको अवस्थाले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताको महसूस होला, तथापि कामको दायित्व भने बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन् । चोटपटक लाग्ने योग रहेकोले सवारीसाधनको प्रयोग तथा हातहतियार चलाउँदा विशेष सतर्कता अपनाउनुहोला । कर्मबल बढ्नेछ ।

कन्या – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । मन प्रसन्न रहनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । व्यवहारिक कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, सावधान रहनुहोला । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – प्रतिभाको उच्च मूल्यांकन हुने समय छ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला । आँटेको काममा सफलता मिल्नेछ, तर समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न पनि सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । काममा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – काम गर्ने जोश-जाँगरमा कमी आएको अनुभूति होला । जिम्मेवारी भने बढिरहनेछन् । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । अन्धविश्वासको भरमा काम नगरेकै हितकर होला । धार्मिक काममा बाधा सृजना हुन सक्छ । आजको दिन भ्रमण भने मनोरञ्जक हुनेछ । कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – मानसम्मानका साथमा आम्दानी बढ्ने समय छ । तर, व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । जीवनसाथीको सहयोग मिल्ला । सामाजिक मानसम्मान प्राप्त हुने योग छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट होला । दायित्व बढ्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ । मित्रजनको सहयोग समर्थन प्राप्ति हुनेछ ।

मकर – आजको दिन उत्साहवर्द्धक समाचार सुन्न पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु जरुरी छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । प्रेमभाव बढ्नेछ । आरोग्यता बढ्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । स्थायी सम्पत्ति बढाउन सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । व्यस्तता बढ्नेछ । प्रयासरत काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – पराक्रम बढ्नेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ, सावधान रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।