आजको पञ्चाङ्ग एवम् राशिफल (२९ आषाढ २०८० शुक्रबार, १४ जुलाइ २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ आषाढ २०८० शुक्रबार, १४ जुलाइ २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ २९ गते तद्अनुसार सन् २०२३ जुलाइ १४ तारिख शुक्रबार शुद्ध श्रावणकृष्णपक्ष द्वादशी तिथि रोहिणी नक्षत्र गण्ड योग कौलव करण आनन्दादिमा मित्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१८ मा भयो र सूर्यास्त साझ १९ः०० बजे हुनेछ । भानुजयन्ती ।

आजको राशिफल

मेष – थोरैमात्र उपलब्धि प्राप्त गर्न पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । काम पूरा नहुनाले मन खिन्न रहला । अनावश्यक भ्रमण र अरूका काममा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ, सचेत रहनुहोला । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला ।

वृष – सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने दिन छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । लेनदेनमा विवाद हुन सक्छ, सावधान रहनुहोला । विगतका समस्या बल्झिन सक्छन् । तर पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने समय छ । अरूले फसाउन सक्छन्, सचेत रहनु हितकर होला । कमजोर भएको अनुभूति हुनेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ, धैर्यले काम लिनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापारलगायत आर्थिक काममा राम्रै फाइदा हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । आयबल बढ्नेछ । दायित्व वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । मित्रजनको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काम सफल हुनेछ । पारिवारिक सुख शांति मिल्नेछ ।

कन्या – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय छ । सवारीसाधन उपयोग गर्दा चाहिँ आजको दिन विशेष सावधानी अपनाउनुहोला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, बोली र व्यवहारमा संयमता अपनाउनुहोला । मान–महत्वमा कमी आउनेछैन । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।

तुला – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय बन्नेछ । आरोग्यता र प्रेमबल बढ्नेछ । सुख–सुविधाको बस्तु किन्नुहुनेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – कामको दायित्व बढ्ने समय छ । तपाईंको इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । स्वास्थ्यप्रति सजग रहनु हितकर हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – व्यावसायिक काममा खर्च बढ्नेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । प्रतिकुलताका बाबजुद साहस वृद्धि हुनेछ । सन्तान पक्षले खुशी तुल्याउलान् । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । नयाँ र विशेष योजना कार्यान्वयनमा ल्याउन भने मुस्किल पर्ने योग छ । व्यस्तता बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – समय शुभदायी छ । व्यापारमा प्रशस्त फाइदा हुने समय छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ । रसरागमा आकर्षण बढ्ला । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान प्राप्त होला ।