युनाले मस्काउने मल्लिका मस्किने

युनाले मस्काउने मल्लिका मस्किने


अन्ततः गायिका मल्लिका कार्की अमेरिकाबाट नेपाल फर्किएकी छिन् । हुन त अमेरिकामा नै लुक्ने उनले सोच नबनाएकी होइनन् तर नेपालमा उनीबारे मिडियाहरूमा बारम्बार विभिन्न समाचार आएपछि मल्लिकाले अमेरिका भासिने आफ्नो योजना परिवर्तन गरेकी हुन् । त्यसो त मल्लिका पनि अमेरिकी दूतावासको नजरमा गलत नै सावित भएकी छिन्, किनभने भिसाअवधिभन्दा बढी बसेपछि अब मल्लिका ‘ओभर स्टे’मा परेकी छिन् । यदि र्फकनु नै थियो भने उनले ‘ओभर स्टे’ नबसीकन र्फकनु राम्रो हुन्थ्यो तर ‘ओभर स्टे’ बसेको प्रमाण ‘पासपोर्ट’मा भएपछि आगामी दिनमा फेरि अमेरिका जानुपर्‍यो भने उनका लागि अप्ठ्यारो हुने देखिन्छ ।
त्यसो त जानकारीमा आएअनुसार मल्लिकाले अमेरिका नै भासिने योजना बनाएकी थिइन् तर नेपालमा दिनैपिच्छे अमेरिकी दूतावासलाई समेत जानकारी हुने गरेर समाचार आएपछि मल्लिकाले अमेरिकामा पाएको काम पनि छाडेकी थिइन् । यता मल्लिकाकै समूहमा गएकी नायिका युना उप्रेती भने अब नेपाल नर्फकने भएकी छिन् । यहाँ सिने दुनियाँमा चमकदमक गरेर बसेकी भए पनि उहाँ आफू भाँडा मस्काउनसमेत तयार रहेको युनाले आफ्ना विश्वासीहरूसँग बताउने गरेको बुझिन्छ । उतै काम सुरु गरेकी युनासँगै गएका सञ्चारकर्मी जयप्रकाश रिजालले पेट्रोल पम्पमा काम सुरु गरेको चर्चा बजारमा छ तर यसको आधिकारिकताबारे पुष्टि भने भइसकेको छैन । यही टोलीमा गएका लोकगायक विमल डाँगी त शतप्रतिशत उतै भासिने निश्चित भएको थियो । किनभने नयाँ बसपार्कमा विमलले साझेदारी चलाएको ‘पानस दोहोरी साँझ’को उनले सम्पूर्ण जिम्मेवारी आफ्ना सहकर्मीलाई बुझाएर हिसाबकिताब बुझेका थिए । यस कारणले पनि स्पष्ट भएको थियो कि अब विमल नेपाल र्फकने छैनन् । तर, उनी नेपाल फर्किए ।
ठूला योजना र सपनाका साथ अमेरिका लागेका कलाकारहरूको टोलीले त्यहाँ खासै कार्यक्रम गर्न पाएन । जम्बो टोली त्यता पुगेका कारण उनीहरूको अवस्था त्यति व्यवस्थित पनि हुन पाएन । रामै्र रकम खर्चेर अमेरिका पुगेर नेपाल फर्किएका कलाकारहरूले अन्ततः नाम र सान होइन बद्नाम मात्र पाए । दाम पनि गुमाए भने दूतावासको नजरमा गलत पनि ठहरिए । कार्यक्रमको आयोजक गलत र पाको नभएका कारण देश घुम्ने, नाम र दाम कमाउने उनीहरूको सपना अन्ततः सही हुन पाएन । ‘दाम पनि गुमाना बेबकुफ पनि बन्ना’ भनेको यही हो भन्न थालेका छन् अन्य चलचित्रकर्मीहरू । गायिका मल्लिका कार्की र नायिका युना उप्रेती एकआपसमा निकै मिल्ने साथी पनि हुन् तर अब यो जोडीको विछोड भएको छ । युना सपनाको रङ्गीन देश अमेरिकातिरै भुल्ने भएकी छिन् भने मल्लिका अब नेपालमा नै गीत गाएर बस्ने निधोका साथ आएकी छिन् । जो जहाँ रहे तापनि सुखी र खुसीका साथ रहून् अहिले हामी यति नै भन्न सक्छौँ ।

कसैले प्रस्ताव गरे नाइँ भन्दिनँ
आफ्नो उद्देश्य र विचार नामजस्तै पवित्र भएको दाबी गरि्छन् नायिका पवित्रा आचार्य । आफूले अभिनय गरेको पहिलो चलचित्र ‘विजयपथ’ हेरेपछि दर्शकहरूबाट सकारात्मक ‘कमेन्ट’ पाएकोमा दङ्ग परेकी पवित्राले घटना र विचारसँग भनिन्, ‘म सिनेमा क्षेत्रमा च्याँखे थाप्न आएकी होइन । यही क्षेत्रलाई निरन्तरता दिने उद्देश्य मेरो हो र त्यो नै मेरो भविष्य पनि हो ।’
चलचित्र विजयपथमा नायिका बन्नुअगाडि पवित्रा थुपै्र विद्यालयमा विद्यार्थीलाई नृत्य सिकाउँछिन् र अहिले पनि सिकाउँछिन् । ‘यो मेरो पेसा हो । विद्यार्थीलाई नृत्य सिकाउँदा अप्रत्यक्ष रूपमा मेरो पनि त अभ्यास भइरहेको हुन्छ नि । त्यसैले इमानदारीका साथ काम गरेकी छु।’ उनले भनिन् । नृत्य विधाको निम्ति निपुण मानिने पवित्राले चलचित्रमा आफू नाच्ने रोलमा आफैं निर्देशन गर्न सक्थिन् तर उनले त्यसरी गरिनन् । ‘सबै कुरा गर्छु ।न्दा अपूर्ण हुन पुग्छ । अर्को कुरा स्टेज र सिनेमामा फरक छ । हो म नाच्न सक्छु तर पर्दामा नृत्यको निर्देशन गर्नु भनेको ठूलो कुरा हो । त्यसैले नृत्यनिर्देशकको निर्देशनअनुसार म चलचित्र विजयपथमा नाँचे,’ उनले वास्तविकता खुलाइन् ।
त्यसो त आगामी दिनमा सिनेमाको पर्दामा सधैंभरि हिरोइन नै बनिरहनुपर्छ भन्ने मनस्थिति पनि पवित्राले बनाएकी छैनन् । काम गर्दै गएपछि र क्षमता निखारिँदै गएपछि भोलि सिनेमाको नृत्यनिर्देशक बन्ने अफर उनलाई नआउला भन्न पनि सकिन्न । ‘निरन्तर रूपमा लाग्दा यस्तो प्रस्ताव नयाँ होइन तर अफर आएमा नाइँचाहिँ भन्दिनँ,’ उनले जोसिलो पाराले भनिन् ।
विजयपथ चलचित्रको रिलिजपछि पवित्रालाई अन्य सिनेमाबाट पनि अफर आएको थियो तर उनले इन्कार गरिन् । हामीले बुझन चाह्यौँ किन त ? ‘अनुहार देखाउने भूमिका मात्र थियो । त्यस्तो रोलमा म खेल्न सक्दिनँ । विजयपथमा जुन लिडिङ भूमिकामा छु त्यसको इज्जत राख्न पनि मैले अन्य सिनेमाहरूमा सानातिना भूमिकामा काम गर्न मिल्दैन,’ उनको तर्क छ । पद्मकन्या कलेजमा नृत्य विधामा अध्ययनरत पवित्राले इलाहवादबाट शास्त्रीय नृत्यमा डिप्लोमा सकाएकी छिन् ।
त्यसो त पवित्रा आफूले जानेको नृत्य विधालाई महत्त्वपूर्ण स्थान दिइएका सिनेमाबाट मात्र अफर आओस् भन्ने चाहन्छिन् । तर, उनले बुझेकी पनि छिन् कि उनले चाहेअनुसारको भूमिका पाउन भने गाह्रो छ । तर, पवित्रा आचार्य भविष्यमा आफू बलियो र वाह ! गर्न लायककै भूमिकामा देखापर्ने दाबी गरि्छन् ।

प्रचारको लोभले दूधे बालकको बिचल्ली
कलाकारहरूले भन्ने गरेको कुरा साँच्चै हो रहेछ । उनीहरू भन्ने गर्छन्, ‘कलाकारिता र प्रचारप्रसारको भोक कहिले पनि मेटिन सक्दैन रहेछ ।’
यो कुराको गतिलो उदाहरण यतिबेला नायिका अरुणिमा लम्सालले प्रस्तुत गरिरहेकी छिन् । आमा भएर सन्तान खेलाउँदै घरमा बस्दा कतै सिनेमाको बजारबाट हराउने त होइन वा आफूलाई सिनेकर्मी र दर्शकहरूले बिर्सने त होइनन् ? बडो डर छ अरुणिमालाई आजभोलि । त्यसकारण पनि अरुणिमा आफ्नी दूधे सन्तानलाई घरमा नै छाडेर सार्वजनिक कार्यक्रमतिर देखिने गरि्छन् । यसरी सार्वजनिक कार्यक्रममा देखिँदा अरुणिमाको बारेमा टीकाटिप्पणी सुरु भइहाल्छ, ‘भर्खर आमा भएकी अरुणिमा घरमा नबसेर किन भ्याइनभ्याई कार्यक्रमतिर आएकी होलिन् ? यो सब मिडिया क्रेजको लोभ हो ।’
यति मात्र होइन कि आजभोलि अरुणिमाले कुनै ठाउँमा सिनेमासम्बन्धी कार्यक्रम हुन लागेको जानकारी पाइन् र उनलाई खबर नआएको रहेछ भने सम्बन्धित आयोजकलाई फोन गरिहाल्छिन् र आफूलाई नबोलाएकोमा दुःख मनाउ गर्न थालेकी छिन् । यसलाई नै भन्ने गरिन्छ होला सिनेमा र प्रचारप्रसारको नसा ।

तपाईंको दृष्टिमा
हुन त निर्मल शर्मा पहिले चलचित्रका निर्माता थिए । चलचित्र निर्माणबाट लगानीको हिसाबले चुर्लुम्मै डुबे उनी । बिस्तारै अन्य पेसा अपनाउँदै आफ्नो आर्थिक अवस्था सुधारेका निर्मल यतिबेला रामै्र सेलिबे्रटीका रूपमा स्थापित छन् । नेपाल टेलिभिजनको नम्बर एक हास्य शृङ्खला तीतो सत्यमा गैंडाको नामले चिनिने निर्मल शर्माको अनुभवमा रुवाउनभन्दा हँसाउन गाह्रो छ । स्पष्टवक्ता र मिलनसार कलाकर्मीको रूपमा परिचय बनाएका निर्मल उर्फगैंडाको विचारमा जीवन र जगत् के हो त ? घटना र विचार साप्ताहिकको स्तम्भ तपार्इंको दृष्टिमाका लागि राजन घिमिरेसँग शर्मा यसरी प्रस्तुत भए ।

० जीवन के हो ?
भगवान्ले दिएको (होलिडे)
० प्रेम के हो ?
सद्भाव एकअर्काप्रति
० सुन्दरता के हो ?
बिनासुन्दरता पनि मान्छे सुन्दर हुनसक्छ, व्यक्तित्व भएमा
० मन के हो ?
एउटा कन्फ्युजन जो डुलिरहन्छ
० भावना के हो ?
अभिव्यक्त व्यक्त गर्ने उपाय
० विवाह के हो ?
असल जीवनको सुरुवात
० बन्धन के हो ?
विकासमा हतकडी
० अपमान के हो ?
मान पाउने प्रेरणा
० इज्जत के हो ?
दायित्वको बोध
० बेइज्जती के हो ?
धोकाखोरीको प्रमाण
० मिलन के हो ?
आत्माहरूबीचको सामीप्यता
० विछोड के हो ?
आत्माको अशान्ति ।
० जवानी के हो ?
हुकने तयारी
० बालापन के हो ?
अबोधपन ।
० तृष्णा के हो ?
भोक सफलताको
० रिस के हो ?
क्रोक अरूप्रति, जसले खोक्रो बनाउँछ
० जोश के हो ?
सफलताको सिँढी
० नसा के हो ?
गन्तव्यको प्राप्ति
० यौन के हो ?
प्यास, जसले तिर्खा लगाइरहन्छ
० सन्तुष्टि के हो ?
आत्मविश्वास ।
०र् कर्तव्य के हो ?
जिम्मेवारी जीवन सफल बनाउन
० विश्वास के हो ?
साथ सहयोगको प्राप्ति
० असल के हो ?
असल जो अरूका लागि पनि सोच्दछ
० खराब के हो ?
नकारात्मक विचार, जसले हानि मात्र गर्छ
० सबैभन्दा ठूलो धोका के हो ?
राष्ट्रघाती
० दुःख के हो ?
असफलतामा क्षणिक आघात, प्रेरणाको उत्पत्ति
० सुख के हो ?
मनको सन्तोष
० खुसी के हो ?
आकस्मिक लक्की ड्रको उपहार
० आनन्द केमा छ ?
मनमा
० मित्र को हो ?
जो हरअवस्थामा आफ्नो हुन्छ
० शत्रु को हो ?
जो स्वार्थले नजिक हुन्छ
० सङ्घर्ष के हो ?
बाँच्ने आधार
० प्राप्ति के हो ?
परिश्रमको उपलब्धि
० आस्था के हो ?
विश्वास
० धर्म के हो ?
मनको शान्ति
० नैतिकता के हो ?
अनुशासन
० चरित्र के हो ?
मान्छेको जीवनको महत्त्वपूर्ण ब्रान्डेड वस्तु
० ज्ञान के हो ?
अगाडि बढ्ने शिक्षा
० बुद्धि के हो ?
मान्छेको मस्तिष्कको हार्डडिक्स ।
० सम्झौता के हो ?
अगाडि बढ्ने आधार
० सृष्टि के हो ?
सुन्दर सपना जहाँ विपना पनि सामेल हुन्छ
० गुरु को हो ?
जसले बाँच्ने र असल बन्ने प्रेरणा दिन्छ
० राजनीति के हो ?
एउटा विचित्र खेल, जसमा नाराले मात्र जनता झुक्किन्छन्
० देश के हो ?
मातृभूमि, जसलाई हामी गर्व गर्न सक्छौँ
० समाज के हो ?
विभिन्न विचार अनि मानसिकताको भीड
० पद के हो ?
सफलताले दिने योग्य पदवी
० विकास के हो ?
सुनौलो बिहानीको सुरुवात ।
० व्यापार के हो ?
इमानदारीबाट अरूको मन जितेर सुविधा पुर्‍याउनु
० अनुशासन के हो ?
उत्कृष्ट जीवन जसले समाजमा सभ्य बनाउँछ