आजको पञ्चाङ्ग एवम् राशिफल (३१ आषाढ २०८० आइतबार, १६ जुलाई २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ आषाढ २०८० आइतबार, १६ जुलाई २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ ३१ गते तद्अनुसार सन् २०२३ जुलाइ १६ तारीख आइतबार शुद्ध श्रावणकृष्णपक्ष चतुर्दशी तिथि आर्द्रा नक्षत्र ध्रुव योग भद्रा करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१९ मा भयो र सूर्यास्त साँझ १८ः५९ बजे हुनेछ ।

आजको राशिफल

मेष – मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत पा्रप्त हुने समय भएपनि आजको दिन अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा दिन खोज्नेहरु सक्रिय होलान् । काममा विशेष सावधानी अपनाउनुपर्नेछ । फजुल खर्च बढ्ने योग छ, सचेत रहनुहोला । मित्रजनको सहयोगले उत्साह जगाउनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने अवसर जुर्ला ।

वृष – कर्ममा चुनौतीहरू आएपनि समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । स्वास्थ्य प्रतिकुल रहन सक्छ, आहारविहारमा ध्यान पु¥याउनुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका मिल्ला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, सचेत रहनुहोला । खर्च वृद्धि होला । चुनौतीपूर्ण परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । आरोग्यता वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – चिताएको काम बनेर प्रसन्नता मिल्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा होला । सन्तान पक्षबाट सहयोग तथा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । सुख सुविधाका वस्तुका साथै रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – विश्वास गरेका व्यक्तिहरू सहयोगबाट पछि हटे पनि परिवारजनको साथले उत्साह जगाउनेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने दिन छ । तथापि, प्रतिस्पर्धीहरूले सताउन सक्छन्, योजनाहरू गोप्य राख्नुहोला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नु हितकर हुनेछ । रचनात्मकता बढ्नेछ । बौद्धिक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति निम्तिन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । स्वास्थ्यका लागि खानपानमा विशेष सतर्कता अपनाउनुहोला । अध्ययन–अध्यापनमा त्यति मन लाग्नेछैन । व्यावसायिक कामबाट पनि उचित लाभ नमिल्ने समय छ । आफन्तको साथ प्राप्त होला ।

तुला – मेहनतको फल प्राप्त हुने समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आजको दिन शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नुहोला । स्थायी सम्पत्तिमा विवाद आउन सक्ने योग छ । कर्मबल वृद्धि हुनुका साथै आरोग्यता रहला । समस्याको समाधान मिल्नेछ ।

वृश्चिक – आजको दिन शुभदायी देखिन्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै होला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्, तर अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ । शुभचिन्तकहरूको सुझावको कदर गर्नु हितकर रहनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रु परास्त होलान् ।

धनु – लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउने छ । बोलीको भरमा महत्वपूर्ण काम सम्पादन होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सकछ । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । छरछिमेकमा असमझदारी बढ्ने सम्भावना भएकोले होसियारीसाथ काम लिनु हितकर होला । केही मात्रामा आर्थिक अभावले सताउन सक्छ । तथापि, मिठो भोजन प्राप्ति र यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिने योग छ । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला । प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – व्यस्तता बढ्नेछ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । साझेदारीको काम बन्नरछ । रसरागमा आकर्षण बढ्ला । कुनै समस्याको समाधान मिल्नेछ ।