जम्मुकश्मीरको पुन्चमा आतंककारीहरुको घुसपैठ प्रयास विफल

जम्मुकश्मीरको पुन्चमा आतंककारीहरुको घुसपैठ प्रयास विफल


भारतनियन्त्रित जम्मुकश्मीरको पुन्च जिल्लास्थित नियन्त्रण रेखा (एलओसी)मा आतङ्कवादीहरूको घुसपैठको प्रयासलाई भारतीय सेनाले विफल पारेको छ ।

भारतीय सेना र जम्मुकश्मीर प्रहरीले गरेको संयुक्त कारबाहीमा घुसपैठको प्रयास असफल भएको तथा एक जना आतङ्वादी मारिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै एएनआईले जनाएको छ । सुरक्षाकर्मीले आतङ्वादीबाट एके ७४ राइफलसहित भारी मात्रामा हतियार र गोला बारुद नियन्त्रणमा लिएको छ ।

आइतबार रातिदेखि सोमबार बिहानसम्म पुन्च नदीनजिकै नियन्त्रण रेखामा भएको दोहोरो झडपमा दुई जना आतङ्ककारी मारिएकामा एकजना गोली लागेर सोझै पुन्च नदीमा खसेको थियो । कारबाहीस्थलबाट एक जनाको शव बरामद गरिएको छ ।