अध्यक्ष प्रत्यासी पौडेलको प्रतिवद्धतापत्र सार्वजनिक

अध्यक्ष प्रत्यासी पौडेलको प्रतिवद्धतापत्र सार्वजनिक


घटना र विचार 

गैरआबासीय नेपाली संघ राष्ट्रिय समुन्वय समिति अष्ट्रीयाको आगामी कार्यकालको लागि येही आउदो सनिबार अष्ट्रीयाको राजधानी भियना साथसाथै यहाँका केहि प्रमुख शहर हरुमा निर्बाचन हुन गैरहेको छ। निर्बाचन समितिको निर्बाचन कार्यतालिका यहाको एनसीसीको संजालमा प्रकाशित भैसकेको देखिएको छ।  गैरआबासीय नेपाली संघमा आबद्द भएर समाजलाई केहि दिने उदेश्य बोकेका  यहाँस्थित उमेद्वारहरु  घरदैलो लगायत सामाजिक संजाल मार्फत आफ्ना कार्ययोजना आफ्ना मतदाताहरु समक्ष राखिरहेका छन्।  सोही क्रममा अध्यक्षका प्रत्यासी रहेका ध्रुव पौडेलले पनि सामाजिक संजाल मार्फत  आफ्नो प्रतिबद्दता पत्र सार्बजनिक गरेका छन्।  सोहि प्रतिबद्दता पत्रको  बिषयलाई लिएर यहाँका मतादाता हरुको ध्यान खिच्न पौडेल सफल भएका देखिन्छन। 

नेपालको नुवाकोट जिल्ला बाट २५ बर्ष अगाडी  अष्ट्रीया आएर यसै मुलुक लाइ  कर्मथलो बनाएको बताउने पौडेल राजधानी भियनामा   रेस्टुरेन्ट   ब्यबसाय सँग  आबद्द छन् , आफ्नो परिश्रमले  कमाएको केहि हिस्सा समाजसेवामा खर्च गर्दै आइरहेका पौडेल यस अगाडी एक कार्यकाल यहाँ स्थित  रास्ट्रीय समुन्वय परिषदको कार्यसमिति सदस्य , एक कार्यकाल सल्लाहकार र यहाँ स्थित एक चर्चित  सामाजिक संस्था नेसास अष्ट्रीयाको नेतृत्व गरिसकेका व्यक्ति हुन्।  

थोरै बोल्ने स्वभाबका भनेर अष्ट्रीयाबासी गैर आबासीय हरुले  चिन्ने पौडेलले निर्बाचन भनेको एक प्रजातान्त्रिक प्रक्रिया रहेको र यो प्रक्रियामा कसैको जित या कसैको हार नहुने प्रस्ट पारेका छन्।  उहाले  सार्बजनिक गरेको प्रतिबद्दता पत्र तल जस्ताको त्यस्तै पढ्न सकिन्छ। 

सम्पूर्ण अष्ट्रीयाबासी पंजीकृत सदस्यहरुमा नमस्कार !


मैले यो भन्दा अगाडी यहाहरुलाई मेरो उमेद्वारी बिषयमा जानाकारी दिदा म यहाँहरुकै सुझाबमा आफ्ना केहि कुराहरु मिसाएर लिएर आउछु भनेको थिए। त्यसैले म यहाँहरुलाई यहाँहरुकै सुझाबलाई समेटेर बनाएका मेरा केही बिषयहरु बुदागत रुपमा यहाँहरु समक्ष राख्न चाहेको छु।


१ ) गैरआबासीय नेपाली संघ अष्ट्रीयाको नेतृत्वको दाबि प्रस्तुत गर्दै गर्दा या निर्बाचनको प्रक्रियामा जादै गर्दा मैले जित या हारको रुपमा नहेरी प्रजातन्त्रको अनुपम प्रक्रियामा सामेल मात्र हुन खोजेको हु। सामाजिक संस्थामा जित र हारले मात्र समाज सेवाको बाटो अबलम्बन हुन्छ भन्ने कम्तिमा मलाई लाग्दैन, यहाहरुको सामु मेरो बिगतले पनि येही देखाइरहेको छ । तसर्थ मेरो पहिलो प्राथमिकता भनेको अष्ट्रीया बासि नेपाली दाजुभाइ दिदीबहिनीहरु बिचको एकता हो। निर्बाचन “मात्र” प्रक्रिया हो।


२ ) अष्ट्रीयामा तेस्रो पुस्ता बढ्ने क्रममा छ , तपाई हाम्रा छोरा छोरी उमेरका दोश्रो पुस्ता समाज लाइ बुझ्ने र समाजको भावानामा चल्ने या नचल्ने भन्ने दोधारमा छ। मेरो प्रयास भनेको सबैलाई जोडेर एक समुदाय निर्माण गर्नु हो। यो बिषयमा म कसैको पक्ष या बिपक्षमा नरही सबैको बन्ने प्रयास गर्ने छु।


३) यो गर्छु भनेर घोषणा गर्न (लेख्न) सजिलो हुने तर काम गर्न यसै समाजको ठुलो हिस्साले साथ् र समर्थन नदिदा मुस्किल हुने मेरो आफ्नै अनुभब छ , तसर्थ सामुहिक निर्णयमा काम गर्ने परिपाटी स्थापनामा मेरो जोड रहने छ भने। उच्च शिक्षा बाट ज्ञान लिएका युबा पुस्ता तथा आफ्नो अनुभबले तिखारिएका अग्रज सबैको सल्लाह बमोजिम मैले मेरो बाटो कोर्ने छु।


४ ) केन्द्रिय मिस सिस्टम संगै जोडिने आफ्नै वेब साइट बनाएर, यहाँका सुचनाहरु नया आउने व्यक्तित्व हरु र येही बसोबास गरिरहेका दाजुभाई दिदीबहिनी हरुको सहजताको लागी निर्माण गर्ने छु। यसको लागी यहाँ बिध्यमान संघ संस्थाको सहयोग र सुझाब लाइ मनन गर्दै अगाडी बढ्ने छु।


५ ) नेपाली समाजमा आइपर्ने अकल्पनीय समस्याहरु , कसैको अप्रत्यासित मृत्यु ,  दिर्घ रोग या बिबिध व्यक्तिगत समस्या जो यहाँ रहनुभएको गैरआबासीय नेपाली दाजुभाइ , दिदीबहिनीहरु र उहाहरुको  आश्रित परिवारले झेल्नु परेको अबस्थामा त्यस्ता समस्यालाई निराकरण गर्नका निमित्त संघको क्षेत्र , केन्द्र , नेपाली राजदुताबासको समुन्वयमा तत्काल गरिने आपतकालीन र दिर्घकालिन सहयोगको एक मार्ग चित्र बनाइ लागु गर्ने छु।


६ ) एक पंजीकृत सदस्य एक युरो महिना फण्डको अबधारणा सुरु गर्ने छु। यो रकम लाइ अष्ट्रीयाको नेपाली समुदायको मतले निर्धारण गरे अनुसारको कार्ययोजनामा खर्च गर्ने कार्यक्र्यम ल्याउने छु।


७ ) नेपाली भाषा  संस्कृतीको रक्षा , प्रबर्दनमा तपाईहरु सबै संग मिलेर कार्यक्रम ल्याउने छु , यसमा बिशेष गरि नेपाली खाना , नेपाली भेष र नेपाली संस्कृति लाइ यहाँका नागरिकको तहमा लगेर नेपालको पर्यटन प्रबर्दनमा उल्लेखनीय काम गर्ने योजना बनाउदै बेला बेला यस्ता कार्यक्रमको आयोजना गर्ने पहल गर्ने छु। तर यहाँ अबस्थित कुनै पनि संस्थाले यस्ता काम गरिरहेको अबस्थामा म त्यहाँ सहयोगीको भूमिकामा रहने छु। यसै अबधारणामा काम गर्दै नेपालको पर्यटन प्रबर्दनमा समेत टेवा हुने किसिमका योजना निर्माण गर्नेछु। यसका लागी सरोकारवाला निकाय संग समुन्वय गर्नेछु।


८ ) व्यक्तिगत भन्दा सामुहिक सोचमा अघि बढ्ने छु। सबैलाई समान रुपले सुनेर राम्रा बिषयलाई लिएर समाजको हितमा कार्ययोजना निर्माण गर्ने छु। यसो गर्दा समाज एक हुने मेरो बुझाइ रहेकोले यसमा मेरो बिशेष साबधानी रहने छ।
९) एलसिसी हरुलाई बिशेस सम्बोधन हुने र सहकार्यमा अघि बढ्ने बाताबरण निर्माण गर्ने छु।


१० ) गैर आबासीय नेपाली संघलाई सबैको बनाउने प्रयास गर्ने छु , निर्बाचित भएको खण्डमा आउने हर कार्यसमितिका पदाधिकारी र सदस्य हरुलाई सामाजिक भावना लाइ सम्बोधन हुने खालका कार्यक्रम ल्याउन र सोहि अनुरुप गर्नका लागि तपाईहरुकै सुझाब अनुरुप ”कोड अफ कण्डक ” तयार गरि लागु गर्ने छु।


१३ ) एक पटक संघको सदस्य भए पश्चात सदैब पुन: नयाँ  प्रक्रिया बाट सदस्य बन्नु पर्ने अबस्थाको अन्त्यको लागि केन्द्र संग पहल गर्ने छु। यसका लागी व्यक्तिगत गोपनियताको अधिकार लागि पूर्ण सम्मान गर्दै अष्ट्रीयामा बसोबास गर्ने सम्पूर्ण नेपाली हरुको विवरण हरुलाई इतिहासले चिन्ने गरि सुरक्षित राख्ने काम गर्ने छु।


१४ ) गैरआबासीय नेपाली संघको एक नारा ” विदेशको ज्ञान सिप र पुजी” लाइ नेपालको हितमा हुने गरी गैरआबासीय अभियान लाइ साथ् दिने छु।१५ ) नेपाली समुदायको एक “साझा कार्यालय” रहने योजना यहाँ अबस्थित संस्था हरुको सहकार्यमा ल्याउने छु। जसलाइ हर गैर आबासीय नेपाली दाजुभाइ दिदीबहिनी हरुले “मेरो” भन्न सकोस।

अन्त्यमा , मेरा योजना सम्पूर्ण अष्ट्रीयाबासीका योजना हुन्। घोषणा गर्दा चन्द्रमा छुने बाचा गरेर केहि नगर्न भन्दा , तपाईहरु बाट आइरहने सुझाब बाट काम गर्दा सामाजिक मूल्य रहने भएकोले मेरा बाचा पुरा गर्न तपाईहरुको साथ र सहयोग बिना सम्भब नभएको यहाहरुमा निबेदन गर्दछु।

म मात्र ठिक र बाकी बेठिक भन्ने मेरो अभिप्राय होइन , छैन। संघमा जोडिन चाहने सबैले केहि गर्छु भन्ने अपेक्षा राख्नु बैधानिक जायजता हो भन्दै सम्पूर्ण उमेद्वार हरुको सम्मान गर्दै तपाइको एक मत मेरो लागी दिनुहुने अपेक्षामा रहेको छु।

बाकी सम्पूर्ण बिषय तपाईहरुकै हातमा।

नमस्कार

ध्रुव पौडेल

२३-२५ अध्यक्षको प्रत्यासी

गैर आबासीय नेपाली संघ

रास्ट्रिय समुन्वय परिषद , अष्ट्रीया