आजको पञ्चाङ्ग एवम् राशिफल (४ श्रावण २०८० बिहीबार, २० जुलाई २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ श्रावण २०८० बिहीबार, २० जुलाई २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण ४ गते विहीबार तद्अनुसार सन् २०२३ जुलाई २० तारिख अधिक श्रावणशुक्लपक्ष तृतीया तिथि अश्लेषा नक्षत्र ९ः५६ पर मघा नक्षत्र सिद्ध योग तैतिल करण आनन्दादियोगमा अमृत योग चन्द्रमा कर्कट राशिमा ९ः५६ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः२१ बजे भयो र सूर्यास्त साँझ १८ः५९ बजे हुनेछ ।

आजको राशिफल

मेष – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तर, मिहेनत र प्रयत्नका बाबजुद तत्काल भने मौकाको फाइदा उठाउन नसकिएला । आजको दिन सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला । तार्किक क्षमता बढ्नेछ भने विशेष सभा–समारोहमा भाग लिने अवसर जुर्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला ।

वृष – व्यस्तता बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउने प्रयत्न गरे पनि व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रसरागमा आकर्षण बढ्नेछ । सन्तानसुख प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – भाग्यवर्द्धक काममा आकर्षण बढ्ने दिन छ । पराक्रम बढ्ला । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय रहला । स्वास्थ्यमा भने सामान्य कमजोरी अनुभव हुनेछ । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्ने योग छ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।

सिंह – अरूलाई दिएको आफ्नै वचनले अप्ठ्यारोमा पार्न सक्ने समय छ । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । बौद्धिक, रचनात्मक र कलात्मक काममा भने सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहला ।

कन्या – आँटेका काम तत्काल सम्पादन हुनेछन् भने पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने दिन छ । व्यापारमा मनग्य फाइदा हुने योग छ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मानसमेत पाइएला । धन मान महत्वमा कमी आउनेछैन । कुनै पनि समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

तुला – विलासी काममा आकर्षण बढ्ने समय छ । अनावश्यक भ्रमण हुने र स्वास्थ्यगत समस्याले पनि सताउने सम्भावना रहेकोले विशेष सावधानी अपनाउनु हितकर होला । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने र सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । नयाँ काम सुरु गर्नु उचित हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

वृश्चिक – कर्मबल र दायित्व वृद्धि होला । व्यावसायिक काममा खर्च बढ्ने समय छ, तर प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । दाम्पत्यसुख बढ्नेछ । सुख सुविधाको वस्तु खरिदमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस रहला ।

धनु – विगतका समस्या बल्झिन सक्छन् । लेनदेनमा विवाद होला । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । खास प्रतिस्पर्धामा विजयी भइनेछ । मिठो भोजन प्राप्त होला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – दौडधुप बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । चिताएको काम समयमा सम्पादन नहुन सक्छ । मेहनतअनुसार फाइदा कमै होला । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – दिन शुभदायी छ । कामको चापबाट फुर्सद मिलेको अनुभूति हुनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । प्रेमभाव र आरोग्यता वृद्धि होला । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आरोग्यबल वृद्धि भए पनि उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने समय छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।