आजको पञ्चाङ्ग एवम् राशिफल (६ श्रावण २०८० शनिबार, २२ जुलाई २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ श्रावण २०८० शनिबार, २२ जुलाई २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण ६ गते शनिबार तद्अनुसार सन् २०२३ जुलाई २२ तारिख अधिक श्रावण शुक्लपक्ष चतुर्थी तिथि ६ः२२ पर पञ्चमी तिथि पूर्वाफाल्गुणी नक्षत्र वरियान योग बब करण आनन्दादियोगमा लुम्ब योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः२२ बजेमा भयो र सूर्यास्त साँझ १८ः५७ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन पेशागत रुपमा समस्या देखिन सक्छ । अनावश्यक विवादमा फस्नुपर्ने योग छ । बोली र व्यवहारमा धैर्यता राख्नु हितकर होला । वादविवादमा फस्नुबाट जोगिनुहोला । ब्यापारमा भने आज फाइदै मिल्ने समय छ । प्रेमभाव वृद्धि हुनेछ । सन्तानबाट सुख प्राप्ति र यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – व्यस्तता बढे पनि सामाजिक कामबाट प्रशंसा मिल्ने र मन उल्लसित रहने दिन छ । व्यापारमा गरेको लगानी सन्तोषप्रद रहला । आफन्तजनलाई मद्दत गर्नुपर्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त हेला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । खुसीको खबर प्राप्त होला । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा नै गर्ने देखिन्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । रसरागमा रुचि बढ्नेछ । चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कर्कट – आजको दिन चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । अप्रत्याशित लाभ हुनेछ । मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – समय चुनौतीपूर्ण छ । पीडा दिनेहरु सक्रिय रहलान्, सावधान रहनुहोला । व्यर्थको खर्च हुने योग रहेकोले खर्च घटाउने प्रयास गर्नु हितकर होला । स्वास्थ्यका लागि खानपानमा सावधान रहनुहोला । मित्रजनको साथ मिल्नेछ ।

कन्या – नयाँ कामको थालनी गर्न सकिने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्ला । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । मुद्दा-मामिलामा विजयी भइनेछ । दिन खुशीसाथ बित्नेछ । पारिवारिक सुख शान्ति समृद्धि र पराक्रम बढ्नेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आयआर्जनमा राम्रो दिन छ । सोचेभन्दा बढी नै लाभ होला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । आफन्तजन सँगको भेटघाटले सुख दिनेछ । नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउन सक्छ । आयबल वृद्धि हुनेछ । विलासी काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – कर्मबल र दायित्व बढ्ने दिन छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । ब्यापारबाट सामान्य नाफा होला । हासखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । शुभ काममा आकर्षण बढ्नेछ । रोग र शत्रु परास्त गर्ने क्षमता वृद्धि हुनेछ ।

धनु – आज अरूको भर पर्दा काममा धोका हुन सक्छ । घरेलु समस्याले सताउने योग छ । मित्र बनेर धोका दिनेहरु भेटिनेछन् । स्वास्थ्य कमजोर रहला । धनमान हराउन सक्छ, सावधानी अपनाउनुहोला । आजको दिन टाढाको यात्रा नगर्नु हितकर हुनेछ । गीतसंगीत र रसरागात्मक कार्यप्रति आकर्षण बढ्नेछ ।

मकर – सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ सहनुपर्ला । आर्थिक लेनदेन पनि खासै राम्रो छैन । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । यसका बाबजुद नसोचेको धन लाभ हुने योग छ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव होला । आर्थिक पक्ष पनि सन्तोषजनक रहेको छ । पठनपाठनमा मन जाला । पठन–पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मिठो भोजन मिल्नेछ भने रसरागमा आकर्षण बढ्ला ।

मीन – दिन शुभदायी छ । आरोग्यबल वृद्धि हुनेछ । कामका नयाँ योजनाहरु बन्ने समय छ । काममा जोश र जाँगर बढ्ला । आर्थिक लाभ पनि होला । वार्तामा सफलता मिल्नेछ । सुख विलासको माहोल रहला । समस्याको समाधान मिल्नेछ । प्रतिष्पर्धी परास्त होलान् ।