आजको पञ्चाङ्ग एवम् राशिफल (७ श्रावण २०८० आइतबार, २३ जुलाई २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ श्रावण २०८० आइतबार, २३ जुलाई २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग

श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण ७ गते आइतबार तद्अनुसार सन् २०२३ जुलाइ २३ तारिख अधिक श्रावण शुक्लपक्ष पञ्चमी तिथि ८ः०१ पर षष्ठी तिथि उत्तरा फाल्गुनी नक्षत्र परिघ योग कौलव करण आनन्दादिमा मित्र योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः२३ मा भयो र सूर्यास्त सांझ १८ः५७ बजे हुनेछ ।

आजको राशिफल

मेष – सानातिना घरायसी काममा समय खर्च हुने योग छ । आज कतै यात्राको योजना बनाउनुभएको छ भने त्यसलाई टार्नु उचित हुनेछ । अनावश्यक रुपमा कसैसँग विवाद हुन सक्छ । लेनदेनको समस्याले सताउने र शत्रु बढ्ने समय छ । आरोग्यता रहनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।

वृष – दिन राम्रो छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन् । पढाइमा सुधार आउने योग छ । कुरा काटनेहरु प्रशंसक बन्नेछन् । गलत लेनदेनमा समस्या आउन सक्छ, होसियार रहनु हितकर होला । आशा उत्साह थपिनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – व्यस्तता बढ्नेछ । अधुरा काम बन्ने समय छ । धन आर्जनको अवसर मिल्नेछ । लामो समयदेखि रोकिएका कामहरू बन्ने अवसर जुर्ला । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । हौसला र पराक्रम बढ्नुको साथै मन प्रफुल्ल रहला । रसरागमा आकर्षण बढ्नेछ । आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । प्रेमसम्बन्ध र दाम्पत्यसुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने समय छ । आयआर्जनको स्रोत फेला पर्ला । पराक्रम वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आज खर्च र विवाद बढ्ने तथा प्रतिष्पर्धीले सताउने योग छ, सावधान रहनुहोला । हातहतियार र सवारी साधनको प्रयोग गर्दा आज विशेष सचेत रहनु हितकर होला । स्वास्थ्य पनि त्यति सवल नरहला । यसका बाबजुद यात्राजनक कार्य सफल रहनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – भविष्यका लागि विशेष काममा जग बसाउने अवसर छ । विभिन्न अवसरले पछ्याउनेछन् । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेमसम्बन्ध बलियो रहनेछ । आफन्तजनको उचित सहयोग मिल्ने छ । आरोग्यबल बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – आजको दिन शुभकारी नै छ । व्यापारबाट राम्रै आम्दानी होला । नसोचेको काम बन्ने योग छ । अनौठो समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । अरुको विश्वास सजिलै जितिएला । मिठो भोजन प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने समय छ । रमणीय र सुखद यात्राको योग छ, यात्रामा विशेष लाभ होला । फुर्सदिलो समय छ । जीवनसाथी र मातृ-सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । सृजनात्मक काममा सफलता मिल्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । यश वृद्धि हुनेछ ।

धनु – मान्यजनको सुझाव अप्रिय लाग्ने विपरीत समय छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । आज आर्थिक संकट आउन सक्ने र लेनदेनमा विवाद बढ्ने योग छ । घरायसी समस्या पनि आउला । तथापि, दायित्वका साथै कर्मबल बढ्नेछ । मित्रजनको सहयोग समर्थन प्राप्ति हुनेछ ।

मकर – समय चुनौतीपूर्ण रहला । गलत विचारले काममा बाधा सिर्जना गर्न सक्छ । नयाँ तथा दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहोला । अरुको काम धेरै गर्नुपर्ने योग छ । यदि राजनीतिमा हुनुहुन्छ भने मान–सम्मान पाउने समय छ । अरुको मन जित्न सकिने छ । रसराको भाव वृद्धि होला । यश वर्चश्व बढ्ला ।

कुम्भ – समय शुभदायी रहला । सोच्ने शक्ति बढ्नेछ भने कुरा काटनेहरुले पनि तारिफ गर्ने समय छ । रोकिएका काम सम्पन्न हुनेछन् । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । शुभ समाचार प्राप्तिको योग छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – भाग्य बलियो छ । परिश्रमले धेरै काम बन्नेछन् भने आर्थिक आर्जन पनि राम्रै होला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । व्यापारमा मनग्गे लाभ हुने योग छ । साथीभाइले पनि राम्रै सहयोग गर्लान् । प्रेमभाव बढ्नेछ । सफलताको दर वृद्धि हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।