सय किलो सुन तस्करी प्रकरण : भन्सार कर्मचारीसहित ६ जना पक्राउ

सय किलो सुन तस्करी प्रकरण : भन्सार कर्मचारीसहित ६ जना पक्राउ


राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा आइतबार सरकारी कर्मचारीसहित थप ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीनजना भन्सारका कर्मचारी र तीनजना भन्सार एजेन्ट रहेका राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन् ।

यस्तै, भन्सार एजेन्टमा सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पनि पक्राउ परेका छन् । उनीहरूसँगै अहिलेसम्म उक्त एक सय किलो सुन तस्करी १६ जना पक्राउ परेका छन् ।

गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । उक्त सुन हङकङबाट ल्याइएको थियो ।