जापानको फुकुओकामा आयोजना भएको वल्र्ड एक्वाटिक च्याम्पियनशिप-२०२३ मा सर याह्या हुसेनले आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
नासिरले चार सय मीटर फ्रिस्टायलमा ४ मिनेट ८.२३ सेकेन्ड समय खर्चंदै आफ्नो नाममा नयाँ कीर्तिमान कायम गरेको फुकुओकाबाट नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिएका छन् ।
उक्त स्पर्धामा यसअघि नासिरको नाममा ४ मिनट १२.१७ सेकेन्ड समयको कीर्तिमान रहेको थियो । नासिरले उक्त कीर्तिमान गत असारमा आयोजना भएको ११औँ एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन् ।
अब सोमबार नासिरले पुरुष २०० मिटर फ्रिस्टायल र गौरिका सिंहले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया