आजको पञ्चाङ्ग एवम् राशिफल (११ श्रावण २०८० बिहीबार, २७ जुलाई २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ श्रावण २०८० बिहीबार, २७ जुलाई २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण ११ गते बिहीबार तद्अनुसार सन् २०२३ जुलाइ २७ तारिख अधिक श्रावणशुक्लपक्ष नवमी तिथि १०ः१५ पर दशमी तिथि विशाखा नक्षत्र शुभ योग तैतिल करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा तुला राशिमा १५ः१८ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः२५ मा भयो र सूर्यास्त साँझ १८ः५५ बजे हुनेछ ।

आजको राशिफल

मेष – लाभदायक समय छ । पारिवारिक सुख र आत्मबल वृद्धि हुनुका साथै ब्यापार–व्यवसायमा सोचेअनुरुपको फाइदा होला । प्रतिष्पर्धी परास्त हुनेछन् । आरोग्यता रहनेछ । अध्ययन तथा अध्यापनका कार्यमा चाहिँ खासै प्रगति नहुने योग छ । प्रेमभाव वृद्धि हुनेछ । यात्रा सफल रहला । काममा मित्रजनको साथ मिल्नेछ ।

वृष – आजको दिन मिश्रित परिणामदायी रहला । नयाँ सामानको खरिदमा खर्च हुने समय छ । कुनै खास कार्यमा आकस्मिक रूपले सफलता या त्यस्तै प्रकारले असफलता मिल्न सक्ने योग छ । सामान्य गरिआएका कामहरु सफल नै रहनेछन् भने अधुरा रहेका काम पनि बन्नेछन् । आरोग्यता रहनेछ । इष्टमित्रको साथ हुनुका साथै सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आजको दिन चुनौतीपूर्ण रहने देखिन्छ । कसैसँग वादविवाद हुन सक्छ भने स्वास्थ्य पनि कमजोर रहला । कामहरु अधुरा रहन सक्ने सम्भावना रहेकोले विचार पु¥याएर मात्र नयाँ कार्यमा हात हाल्नु उचित हुनेछ । मनमा अनावश्यक डरले डेरा जमाउन सक्छ, सावधान रहेर काम गर्नु हितकर हुनेछ । रसरागपूर्ण कार्यमा आकर्षण बढ्नेछ । बौद्धिक तथा रचनात्मक काममा चाहिँ सफलता मिल्ने योग छ ।

कर्कट – व्यस्तता वृद्धि हुने र व्यवहारिक समस्याले सताउने समय छ । कामहरु अधुरै रहनाले मन खिन्न रहला । परिवारजनबाट पनि खासै सहयोग पाइने छैन । अनावश्यक डर देखाउनेहरू सक्रिय रहलान्, धैर्यले काम लिनुहोला । आर्थिक कारोबार बढ्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ भने शत्रुपक्ष परास्त हुनेछ ।

सिंह – दिन रमाइलो रहला । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ भने धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । रोकिएका अधुरा कामहरु पूरा हुने समय छ । केही नयाँ काम गर्नुछ भने शुरु गर्दा दीर्घकालिक लाभ पुग्ने देखिन्छ । खेलकुद, भ्रमण आदिमा आकर्षण बढ्नेछ । रसरागको भाव वृद्धि होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – सामाजिक कार्यमा संलग्न हुनु पर्ने समय छ । सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ भइ मन रमाउला । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्नेछ मित्रजनसँग भेटघाट र विभिन्न योजनाबारे छलफल हुने र धनलाभको नयाँ बाटो पत्ता लाग्नसक्ने योग छ । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।

तुला – आजको दिन खासै उपलब्धिदायक नरहला । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, साथै नसोचेको कार्यमा खर्च हुन सक्छ । मिहेनतअनुसारको फल मिल्न कठिन होला । सामाजिक महत्व भने बढेर जाला । सामाजिक कार्यका लागि सम्मानप्राप्तिको योग छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय शुभदायी छ । आफन्तको सहयोगले रोकिएका कामहरु बन्न थाल्ने छन् । प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै धनलाभ हुने साय छ । आत्मियजनसँगको भेटघाटले मन रमाउने छ । सकारात्मक कार्यमा लगानी वृद्धि हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ भने कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु – धैर्यको मात्रा बढाइ सकारात्मक भाव जागृत गर्न सके धेरै राम्रो समय छ । कुनै पनि परिश्रम खेर नजाला । कर्ममा प्रगति र अर्थलाभको प्रचुर सम्भावना छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । सुखद् यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्नेछन् । दायित्व र कर्मबल बढ्नेछ । दैनिक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ ।

मकर – यात्राको लागि उचित समय रहेको देखिन्छ । मित्रजन एवम् घरपरिवारबाट सुखशान्ति मिल्ला । कृृषिकर्म तथा व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने समय छ । लाभदायक यात्राको योग छ । कर्मबल र आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त होला । रसराग एवम् प्रेमको भाव वृद्धि होला । मित्रजनका साथै आफन्तको साथ मिल्नेछ ।

कुम्भ – सोचे आनुरुप योजना अघि नबढ्ने समय रहेकोले धैर्य राखेर काम गर्नुपर्ला । व्यवहारिक काममा कठिनाइ होला । खर्च पनि सामान्य वृद्धि हुने योग छ । सामान्य अस्वस्थताले काममा व्यवधान पैदा गर्न सक्छ । यात्रामा सफलता मिल्नेछ । तथापि, नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । देखापरेको समस्याको समाधान मिल्नेछ ।

मीन – आँटेगरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुने समय छ । परिवारबाट सुख मिल्ला । प्रेम–प्रसङ्ग यदि बिग्रेको छ भने सुधारमा समय लाग्ला । दौडधुप बढ्नेछ । जोखिम बढ्ने समय रहेकोले नयाँ काममा हात हाल्न पर्खनु उचित होला । मिठो भोजन प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।