आजको पञ्चाङ्ग एवम् राशिफल (१२ श्रावण २०८० शुक्रबार, २८ जुलाई २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ श्रावण २०८० शुक्रबार, २८ जुलाई २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षाऋतु वि.सं. २०८० श्रावण १२ गते शुक्रबार तद्अनुसार सन् २०२३ जुलाई २८ तारिख अधिक श्रावण शुक्लपक्ष दशमी तिथि ९ः३४ पर एकादशी तिथि अनुराधा नक्षत्र शुक्ल योग वणि करण आनन्दादियोगमा राक्षस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२५बजे भयो र सूर्यास्त साँझ १८ः५५ बजे हुनेछ ।

आजको राशिफल

मेष – भाग्योदयको समय रहेको छ । व्यापार तथा उद्योगमा लाभ मिल्नुका साथै प्रतिस्पर्धीहरू पछि पर्नेछन् । तपाईंको कामको उच्च मूल्याङ्कन हुनेछ । प्रशंसकहरू पनि बढ्नेछन् । पारिवारिक सुख मिल्नेछ । साहसिक एवम् मानवर्द्धक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – दिन सुखद रहला । रमाइलो तरिकाले कामहरू गर्न पाइनेछ । कतैबाट आर्थिक लाभ हुने समय छ, समयको उपलब्धि हात पार्न विशेष सचेत भने रहनुपर्ला । अधुरो काम सम्पन्न होला । पैतृक सम्पतिबाट लाभ हुनुका साथै परोपकारजन्य कार्यमा संलग्न हुने योग छ । आरोग्यता एवम् प्रेमभाव बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मिथुन – आजको दिन केही चुनौतीयुक्त रहला । खर्च बढ्ने योग रहेकोले विशेष सचेतना अपनाउनु हितकर होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्ने सम्भावना रहेकोले अरुको कम मात्र भर पर्नुहोला । कतै सामान्य विवादमा पर्न सकिनेछ, सावधान रहनुहोला । काममा जाँगर खासै चल्नेछैन । जोखिम बढ्नेछ भने दौडधुप गर्नुपर्ला । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने समय छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । काममा बाधा दिनेले खासै प्रगति हुन नदेलान् । जगिरमा समस्या आउन सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।

सिंह – व्यस्तता बढ्नेछ तर मनोकूलको काम बन्ने समय छ । दिन उत्साह र मनोरञ्जनपूर्ण रहला । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । आज कतै यात्रा गर्नुपर्ने काम छ भने सकभर थाती राख्नु हितकर हुनेछ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखद रहला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – समय फलदायी रहला । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन् । कामको तारिफ हुने र दिगो फाइदा हुने काम सुरु हुने योग छ । उत्साहजनक समय रहनेछ । पराक्रम वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । आफन्तको साथ प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आज नगर्नु हितकर हुनेछ । स्वास्थ्यमा सामान्य कमजोरी रहला । बाध्यताका काममा जुट्नुपर्ला । धेरै बोल्दा अप्ठ्यारोमा पर्न सकिने योग रहेकोले संयमता अपनाउनुहोला । आर्थिक काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – दिन उत्साहपूर्ण रहला । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनलाभको योग छ । प्रेमको प्रसंग पनि सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्नेछ । आफुभन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्नु हितकर होला । यात्रा सुखद रहला । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – गरिआएको कामबाट फाइदा हुने तथा धनलाभको समय छ । प्रयासलाई जारी राख्नुहोला । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । यात्राको योग रहेको छ । परिवारमा खुशीको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – स्वास्थ्यमा सुधार आउने, अध्ययन-अध्यापनमा सफलता मिल्ने समय भएपनि व्यावसायिक काममा भने विभिन्न समस्या आउन सक्छन् । आजको दिन सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । रोकिएका कामहरू बिस्तारै बन्न थाल्नेछन् । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नियमकानूनले साथ दिनेछ । खेलकूद एवम् भ्रमणमा आकर्षण बढ्नेछ ।

कुम्भ – आजको दिन सोचेअनुसार काम बन्न कठिन हुने देखिन्छ । मीठो खानाको आनन्द मिल्ले पनि खर्च भने बढ्नेछ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिनाइ पर्ला । तथापि, कर्मबल वृद्धि हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – शुभता वृद्धि हुने दिन छ । नोकरीमा बर्चस्व बढाउन सकिनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । अध्ययनमा चाहिँ खासै समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरेका काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुने देखिन्छ । वार्तामा सफलता मिल्नेछ । सुख सुविधाको बस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।