आजको पञ्चाङ्ग एवम् राशिफल (१४ श्रावण २०८० आइतबार, ३० जुलाई २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ श्रावण २०८० आइतबार, ३० जुलाई २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण १४ गते आइतबार तद्अनुसार सन् २०२३ जुलाई ३० तारिख अधिक श्रावण शुक्लपक्ष द्वादशी तिथि ६ः५४ पर त्रयोदशी तिथि मूल नक्षत्र वैधृति योग कौलव करण आनन्दादियोगमा सिद्धि योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२६ बजे भयो र सूर्यास्त साँझ १८ः५३ बजे हुनेछ ।

आजको राशिफल

मेष – जोखिम बढ्ने समय छ । आजको दिन प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । मित्रजन पनि रुष्ट हुने योग छ । आँटेको काम पूरा नहुन सक्छ । काममा विशेष होसियारी अपनाउनुहोला । यातायातका साधनबाट जोगिन आज विशेष सतर्कता अपनाउनु हितकर हुनेछ । मिठो भोजन प्राप्त होला । सृजनात्मक काममा सफलता मिल्ने देखिन्छ ।

वृष – पारिवारिक समस्या बढ्ने दिन भए पनि आयआर्जन सन्तोषजनक रहला । नसोचेको ठाउँबाट आम्दानी हुने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । रुचिका विषयमा लगानी बढाउने सकिनेछ । दौडधुप बढ्नेछ । साहसिक काममा आकर्षण रहला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सन्तान पक्ष्नाबाट सुख प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मिथुन – मन प्रफुल्ल रहने समय छ । काममा जोश जाँगर चल्नेछ भने व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । पुराना साथीभाइ संग पनि भेट हुने योग छ । सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । प्रेमबल र आरोग्यता बढ्नेछ । रसरागमा रुचि रहला ।

कर्कट – आजको दिन परिवारजनमा असमझदारी बढ्ने तथा वादविवादमा पर्ने सम्भावना रहेकोले बोली र व्यवहारमा सावधान रहनु हितकर होला । आर्थिक क्षतिको योग पनि रहेको छ । मनमा पीडाले सताउन सक्छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, ध्यान राख्नुहोला । यात्रामा सफलता मिल्नेछ । बौद्धिक कर्म लाभदायी रहला ।

सिंह – कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । मानसम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने योग छ । नोकरीमा भने झमेलाको सामना गनुपर्ला । मित्रजनको साथ प्राप्त होला । पारिवारिक सुखशान्ति मिल्नेछ ।

कन्या – सोचेको काम बन्नाले मन हर्षित हुनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने समय छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । मान-सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने योग छ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

तुला – सामान्यतया दिन ठिकै छ । व्यस्तता बढ्नेछ । नोकरी एवम् राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन् भने कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा पनि रुचि बढ्नेछ । पारिवारिक सुख वृद्धि हुनेछ । आर्थिक काममा आकर्षण रहला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – दायित्व बढ्ने तथा पराक्रम वृद्धि हुने समय भए पनि आजको दिन सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यमा गडबडी आउन सक्ने योग भएकोले खानपिनमा एकदमै सावधान रहनुहोला । भौतिक साधनको क्षति हुने समय छ । आज सोच्दै नसोचेको ठाउँमा धन खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नुहोला । शत्रु वा प्रतिष्पर्धी परास्त हुनेछन् ।

धनु – दैनिक कामकाज सजिलै सम्पन्न हुने तथा रोकिएका कामहरु बन्ने दिन छ । काममा सहयोगी वा साथीभाइले राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिएला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन ब्यापार ब्यवसायबाट राम्रै फाइदा हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ, साथै धनलाभ पनि हुनेछ । काममा जाँगर चल्नेछ । प्रशंसकहरु बढ्नेछन् । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ । मनोकूलको काममा सफलता मिल्नेछ । दिन रमाइलो साथ बित्ने योग छ ।

कुम्भ – आयबल वृद्धि हुनेछ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने समय छ । आफन्तजनको सहयोग प्राप्त होला । अवसर आए पनि सोचविचार गरेर मात्र नयाँ काम सुरु गर्नु उचित होला । कतै टाढाको यात्राको सम्भावना छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तानक पक्षबाट सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – कर्मबल र सामर्थ्य बढ्ने दिन भए पनि स्वास्थ्यगत कमजोरीले सताउने तथा मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ । भौतिक साधनको क्षतिले गर्दा खर्च हुन सक्छ । आफन्तको साथ कमै मिल्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला ।