आजको पञ्चाङ्ग एवम् राशिफल (१५ श्रावण २०८० सोमबार, ३१ जुलाई २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ श्रावण २०८० सोमबार, ३१ जुलाई २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० श्रावण १५ गते तद्अनुसार सन् २०२३ जुलाइ ३१ तारिख सोमबार अधिक श्रावणशुक्लपक्ष चतुर्दशी तिथि पूर्वाषाढ़ा नक्षत्र विषकुम्भ योग गर करण आनन्दादिमा उत्पात योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२७ मा भयो र सूर्यास्त साँझ १८ः५२ बजे हुनेछ । खीर खाने दिन ।

आजको राशिफल

मेष – काममा बघ्नबाधा उपस्थित हुन सक्ने समय छ । व्यक्तिगत काममा समय र धन खर्च हुने एवम् आर्थिक हानी हुनसक्ने भएकोले विशेष सावधानीका साथ काम गर्नु हितकर होला । रचनात्मकता भने बढ्नेछ । शत्रु परास्त होलान् । सन्तानको सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – गरिरहेको काममा भन्दा नयाँ कार्यतर्फ मन आकर्षित होला । कसैसँग गरिएको बाचा पूरा गर्न समर्थ रहनुहुनेछ । व्यवसायमा सोचे जति फाइदा नहोला । टाढिएका आफन्तको यादले पिरोल्ने योग छ । अन्य कुरामा सुखले साथ दिनेछ । साझेदारीको काम बन्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान निस्कनेछ । रसरागको भाव वृद्धि होला ।

मिथुन – समय शुभदायी छ । राम्रो आयआर्जन हुनुका साथै केही नयाँ काम गर्नको लागि परिवारजनको सकारात्मक सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्न सकिने छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । नसोचेको ठाउँबाट धन आउने दिन छ । पराक्रम बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मान पुरस्कार प्राप्तिको योग छ छ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – सामान्यतया दिन राम्रो छ । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाला । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । मन उल्लसित रहला ।

सिंह – अनावश्यक वादविवादमा पर्ने योग रहेकोले आजको दिन विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा वादविवाद हुनसक्छ । हातहतियारबाट जोगिन विशेष सावधानी अपनाउनु हितकर होला । खर्चको मात्रा बढ्ने देखिन्छ, भने कसैसंग मनमुटाव हुनसक्छ, सचेत रहनुहोस् । रसरागको भाव वृद्धि होला , पारिवारिक सुख बढ्नेछ ।

कन्या – आजको दिन व्यस्तता वृद्धि हुने देखिन्छ । कामहरु अधूरै रहने सम्भावना छ । नयाँ कामको सुरुवात पनि खासै राम्रो छैन । मान-सम्मानमा आघात पर्ने योग रहेकोले सावधानीपूर्वक व्यवहार गर्नुहोला । सोचेको काम नबन्न सक्छ । कार्यमा हैरानी बढ्न सक्ने साय छ । तथापि, श्रमको उचित मूल्यांकन हुनेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त होला ।

तुला – पराक्रम वृद्धि हुने र रसरागमा आकर्षण बढ्ने समय छ । वैवाहिक जीवन सुखद रहला । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्ला, जसले मान-प्रतिष्ठा अभिवृद्धि गराउन मद्दत दिनेछ । पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जनका साथ बित्नेछ ।

वृश्चिक – प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने समय छ । साहित्यिक कार्यमा मन जाला । टाढाको यात्राबाट धनको लाभ पनि हुने योग छ । पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । धनबल र आरोग्यता वृद्धि हुनेछ । कार्यमा सफलता प्राप्त होला । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । स्वास्थ्यले साथ नदिन सक्छ । यात्राका क्रममा होस राख्नु हितकर होला । नसोचेको ठाउमा धनको नाश हुने समय छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला । आजको दिन योजना र बजेट नबनाइ कुनै पनि कार्यमा हात नहाल्नुहोला ।

मकर – दौडधुप वृद्धि हुने भएपनि आर्थिक लाभ मिल्ने खालको समय छ । मित्रजनबाट समर्थन पनि पाइएला । बुद्धिविवेकले राम्रो काम गर्नेछ । कामहरु आज सजिलैसँग बन्नेछन् । अनायासै ठिक निर्णय हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । अधुरा काम सम्पन्न हुनेछन् । परिवारिक सुख बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ । व्यापार व्यवसायमा उन्नति हुनेछ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिकलाभले मन हर्षित रहला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । आफूले सोचेभन्दा बढी नै लाभ हुने दिन छ । काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – कर्मबल बढ्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहने छ । सानै प्रयासले रोकिएको काम बन्नेछ । आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनुपर्ने देखिन्छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । आम्दानीको स्रोत समेत बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख-सुविधाको वस्तु बढ्नेछन् ।