महिला कर्मचारीमाथि यौनदुर्व्यवहार गर्ने ‘हाकिम’माथि उजुरी

महिला कर्मचारीमाथि यौनदुर्व्यवहार गर्ने ‘हाकिम’माथि उजुरी


दुई महिला स्वास्थ्यकर्मचारीलाई यौन दुर्व्यवहार गरको भन्दै कपिलवस्तुको शिवराज स्वास्थ्य आधारभुत स्वास्थ्यकेन्द्रका प्रमुख लेखनाथ पौडेलमाथि जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले आइतबार साँझ पौडल र उनका साथी नगरपालिका वडा नम्बर ३ का भुवन पाण्डेयमाथि जबर्जस्ती करणी उद्योगको मुर्दा दर्ता भएको जानकारी दिए ।

आइतबार साँझ पीडित महिला कर्मचारीहरुले ती दुई जनामाथि जाहेरी दिएका थिए । आरोपित दुवैजना सम्पर्कविहीन रहेका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि स्वास्थ्यकेन्द्रका प्रमुख पौडेललाई नगरपालिकाले आइतबार नै जिम्मेवारीबाट हटाएको थियो ।

गत शुक्रबार रात्रीकलाीन ड्युटीका बेला मदिरा सेवन गरी दुई महिला कर्मचारीमाथि ती दुई जनाले यौन दुर्व्यवहार गरेका बताइएको छ ।