- आरपी उपध्याय, नवलपरासी
जनता प्रगतिशील पार्टी नेपालका केन्द्रिय अध्यक्ष हृदयेश त्रिपाठीले सार्वभौम अधिकार नेपाली जनतामा हुनुपर्ने पार्टीको मुख्य एजेन्डा हाल पनि कायमै रहेको बताउनुभएको छ ।
अध्यक्ष त्रिपाठीले स्थानीयदेखि संघीय सरकारमा बस्नेहरुले भ्रष्टाचारको सबै सिमाना नाघेर अर्थतन्त्रलाई कमजोर बनाएको आरोप लगाउनुभयो ।
पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको बेलाटारीमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहनुभएका नेता त्रिपाठीले आगामी दिनहरुमा टोल, वार्ड, पालिका र क्षेत्र स्तरमा पार्टिको संगठन बिस्तार गरि अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने तयारी रहेको उल्लेख गर्दै युवा महिला मजदुर वर्गको हकहितलाई ध्यानमा राखी भातृ सङठनहरुलाई चलायमान बनाउने आयोजनाका साथ अगाडि बढ्ने त्रिपाठीले जिकिर गर्नुभयो ।
एक फरक प्रसङ्गमा अध्यक्ष त्रिपाठीले नेपालमै धनी कहलाइएका विनोद चौधरी राजस्व तिर्नमा पछाडि किन परेका हुन् भन्ने प्रश्न उठाउनुभयो ।

सुस्ता, प्रतापपुर र बर्दघाटलगायत स्थानीय निकायमा भ्रष्टाचार र मनोमानी कार्य गर्ने प्रवृत्तिको विकास भएकाले पार्टी कार्यकर्ताले त्यस्ता खाले कार्यको भन्डाफोर गर्न पनि निर्देशन दिनुभयो ।
जनता प्रगतिशील पार्टी नेपाल पश्चिम नवलपरासी क्षेत्र १ का अध्यक्ष रामप्रीत यादवको अध्यक्षतामा आयोजित भेलामा केन्द्रिय सदस्य श्यामकृष्ण अधिकारी, प्रतापपुर गाउँपालिकाको पुर्व कार्यवाहक अध्यक्ष अन्जुकुमारी चौधरी, रामनारायण गौड, बद्री यादव लगायतका वक्ताहरुले पार्टी सङठनको विविध पक्षमाथि प्रकाश पार्नुभएको थियो । प्रतापपुर गाउपालिका वार्ड न ९ का पुर्व वार्ड अध्यक्ष हेमेन्द्र कुमार पन्जियारको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई राधे रमण पाण्डेयले संचालन गर्नुभएको थियो । कार्यकर्ता भेलामा विभिन्न पार्टी परित्याग गरेका ब्यक्ति हरुलाई जनता प्रगतिशील पार्टीमा प्रवेशसहित स्वागत गरिएको थियो ।
प्रतिक्रिया