आजको पञ्चाङ्ग एवम् राशिफल (१७ श्रावण २०८० बुधबार, २ अगस्त २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ श्रावण २०८० बुधबार, २ अगस्त २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण १७ गते बुधबार तद्अनुसार सन् २०२३ अगस्त २ तारिख अधिक श्रावणकृष्णपक्ष प्रतिपदा तिथि श्रवण नक्षत्र आयुष्मान योग बालव करण आनन्दादियोगमा छत्र योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः२८ बजे भयो र सूर्यास्त साँझ १८ः५१ बजे हुनेछ ।

आजको राशिफल

मेष – अनेक चुनौती सामना गर्नुपर्ने दिन छ, तथापि आयआर्जनका स्रोत प्रशस्तै भेटिएलान् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्ने समय छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । प्रतिष्पर्धी परास्त होलान् ।

वृष – अजको दिन कर्मयोग अभिवृद्धि होला । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डा हुने समय छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ने योग छ । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नेछ, नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – प्रियजनसँग भेटघाट भए पनि एक्लोपनाको अनुभूति हुने समय छ । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने योग छ । सामाजिक प्रतिष्ठामा कमी आउला । जोखिम र दौड बढ्नेछ । चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आजको दिन आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । विद्यार्थीहरूमा भने पढाइलेखाइको स्तर खस्कन सक्छ । पारिवारिक समस्याहरू देखापर्नेछन् । साझेदारीमा विवाद र दाम्पत्य सम्बन्धमा असमझदारी बढ्ने योग छ । परोपकारका कार्य सम्पादन गरिएला । प्रेमभाव र आरोग्यता बढ्नेछ ।

सिंह – आज रमाइलो यात्राको अवसर जुट्न सक्छ । मानसम्मान प्राप्त हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो होला । रोकिएका काम बन्नेछन् । स्वास्थ्यसम्बन्धी सामान्य समस्या आइपर्न सक्ने योग भएपनि समस्याको समाधान हुनेछ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – दिन राम्रै छ । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्राको कार्य बन्ला । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिने समय छ । तथापि, आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्न सक्छ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – व्यस्तता वृद्धि हुनेछ । आजको दिन सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ, सावधान रहनुहोला । झुटा आरोप आइलाग्ने योग छ । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई भने समय निकै अनुकूल देखिन्छ । आर्थिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – पराक्रम वृद्धि भएपनि धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । अतिरिक्त आम्दानी हुन सक्छ तर घरखर्च बढ्नेछ । ठूलो लगानीबाट कममात्र फाइदा होला । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने योग छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । जीवनसाथी र सन्तानका तर्फबाट सुख मिल्ला । शुभ काममाआकर्षण बढ्नेछ । योजना र बजेट बनाएर कार्य गर्नु विशेष हितकर होला ।

धनु – रोकिएका काम बन्न थाल्ने तथा व्यापार–व्यवसाय विस्तार हुने समय छ । केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । मित्रजनले साथ दिनेछन् भने नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । विश्वासमा पारेर धोका दिनेहरू सक्रिय रहने सक्ने हुँदा सचेतनाको आवश्यकता छ । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – स्थायी सम्पत्ति आर्जन गर्न अनुकुल समय छ । परिश्रमबाट घर-जग्गा वा स्थिर सम्पत्ति जोड्न सकिएला । सामाजिक प्रतिष्ठा बढ्नेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल होला । आरोग्यता बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्न सहजताको अनुभूति होला ।

कुम्भ – प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिएला । स्थायी सम्पत्ति जोड्ने समय छ । बुद्धिको उपयोगले काम लिन सकिनेछ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरणको सम्भावना छ । तथापि, बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ, सावधानी अपनाउनु हितकर होला । आरोग्यता र ऐश्वर्य वृद्धि होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण रहनेछ । यात्रा सफल हुनेछ ।

मीन – भाग्य बलवान् रहेको समय हुँदा कर्मबल बढ्नेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण हुन सक्छ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । सामाजिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । शत्रु परास्त होलान् ।