आजको पञ्चाङ्ग एवम् राशिफल (२० श्रावण २०८० शनिबार, ५ अगस्त २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० श्रावण २०८० शनिबार, ५ अगस्त २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण २० गते शनिबार तदनुसार सन् २०२३ अगस्त ५ तारिख अधिक श्रावणकृष्णपक्ष चतुर्थी तिथि पूर्वाभाद्रपद नक्षेत्र अतिगण्ड योग कौलव करण आनन्दादिमा काल योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः२९ मा भयो र सूर्यास्त साँझ १८ः४९ बजे हुनेछ ।

आजको राशिफल

मेष – मान–सम्मान बढ्ने र बोलीको भरमा काम सम्पादन हुने समय छ । आजको दिन काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । विचारले धेरैलाई आकर्षण गर्ला । स्वास्थ्य सबल रहनेछ तर व्यापारमा कम मात्र फाइदा हुने योग छ । यात्रामा सफलता प्राप्त हुनेभ भने प्रतिष्पर्धी परास्त होलान् ।

वृष – विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरु बढ्नेछन् । सहयोगीहरुले काममा साथ दिनेछन् । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुने योग पनि छ । तर, धेरै श्रमपछि कममात्र प्रतिफल पाइएला । भएको आम्दानी सञ्चय गर्न नसकिएला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – कर्मबल एवम् सुख वृद्धि हुनेछ र पनि आजको दिन उत्साहमा कमी आउला । परिवारजनमा खर्च बढ्नेछ । कामको दायित्व पनि बढ्ने समय छ । अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । अरुको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । विरोधिपक्षको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – भाग्यबल तथा सुख वृद्धि हुनेछ । रोकिएका काम सम्पादन हुने अनि नयाँ काम र जिम्मेवारी हात पार्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता रहला । पठन–पाठन कार्यमा प्रगति हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदा नै हुने योग छ । मिठो भोजन प्राप्त होला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – विगतको श्रमबाट धन लाभ हुने दिन छ । प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइएला । प्रशंसकहरु बढ्नेछन् भने सहयोगीजनले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ आत्मविश्वास बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रसराग, खेलकुद भ्रमण आदिमा आकर्षण रहने समय छ ।

कन्या – काममा सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरुलाई प्रभावित पारेर काम बनाउन सक्नुहुनेछ । दिन उत्साहपूर्ण रहला । रसरागमा आकर्षण बढ्नेछ । सुखद समाचार सुन्न पाइने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तुला – सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्ने योग छ । स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ, सावधान ररहनुहोला । यसका बाबजुद पारिवारिक जमघटमा मन रमाउनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यतित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् तर लेनदेनमा विवाद होला । लाभका लागि इष्टदेवको पूजा–उपासना गर्नु हितकर होला । केही विवादमा समेत परिने योग रहनाले आजको दिन विशेष सचेत रहनुहोस् । सवारी साधनको प्रयोगमा आज अलि सावधानी अपनाउनुपर्ला । प्रेमभाव बढ्ने र मिठो भोजन प्राप्त हुने समय छ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्ला । रोकिएका काम सम्पादन हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ भने विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला । आज आर्थिक अभावले भने अलिक सताउला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । स्थायी सम्पत्ति जोड्ने समय छ । साझेदारीको काम बन्नेछ ।

मकर – अलिक ज्यादा परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ । आर्थिक उपार्जनमा सुधार आउनेछ । सहयोगीहरुले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । पराक्रम र उत्साह बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । रसराग प्रेममा सफलता मिल्ला । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – प्रयासरत काम बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । आम्दानी बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । दिन मनोरञ्जनपूर्ण रहनेछ । अलिक बाध्यताका काममा जुट्नुपर्ला । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । देखापरेको समस्याको समाधान मिल्ला । बोली र व्यतित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीमा सुधार आउला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । आरोग्यता र सुख बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।