‘प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता’

‘प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता’


प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण तय भएको छ । प्रधानमन्त्रीले आगामी सेप्टेम्बर तेस्रो तेस्रो/चौथो साता चीनको भ्रमण गर्ने तय भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिएका हुन् ।

मन्त्री साउदले वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिन पक्षमा रहेको पनि बताए ।

वर्तमान सरकार गठनपछि प्रधानमन्त्री प्रचण्डको फलदायी भारत भ्रमण भएको जिकिर गर्दै मन्त्री साउदले सो अवसरमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए। उनले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनताको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा व्यक्त गरे ।