नागढुङ्गा-नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ आज ‘ब्रेक थ्रू’ हुने

नागढुङ्गा-नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ आज ‘ब्रेक थ्रू’ हुने


file photo

नागढुङ्गा-नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को आज सोमबार ‘ब्रेक थ्रू’ हुने भएको छ ।

विसं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’को आज खनिसकिने भएको छ । आइतबार दिउँसोसम्म एक मिटरमात्र काम बाँकी रहेको थियो ।

आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा. विजय जैसीले जानकारी दिएका छन् ।

साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा-नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ । दुई दशमलव ६ किमी लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय ६ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ ।