सुनकाण्डमा को-को पक्राउ परे ?

सुनकाण्डमा को-को पक्राउ परे ?


बहुचर्चित सुन काण्डमा हालसम्म सत्र जना ब्यक्ति गिरफ्तारीमा परेका छन् । दोलखाका दुई गरीबहरू दिलिप भुजेल र रामकुमार भुजेल, भन्सार एजेण्टहरू राजेन्द्र राई, यादव पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा, भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, नासु सरोज श्रेष्ठ, ट्याक्सीचालक अशोक लामा, राजन श्रेष्ठ, पुष्करराज भट्ट, सुरेन्द्र तामाङ, दावा छिरिङ, हर्कराज राई र थाप्तेन छिरिङ यतिबेला थुनामा छन् । तर यस कार्यमा संलग्न भनी आशङ्का गरिएका केही सुनब्यापारी तथा मारबाडीहरू बेपत्ता भएका छन् ।

पुराना भन्सार एजेण्ट परिवर्तन राईमाथि पनि तस्करीमा संलग्न हुने गरेको प्रहरीले ठहर गरेको छ । उनी अहिले कोशी प्रदेशको महान्यायाधिवक्ता भएकोले उनको गिरफ्तारीलाई लिएर विमर्श चलिरहेको बताइन्छ । सुन काण्डमा परिवर्तन राईको संलग्नताबारे घटना र विचार डट कममा गत साता प्रकाशित समाचार गलत भएको र सुन तस्करीमा आफ्नो संलग्नता कहिल्यै नरहेको दाबी परिवर्तनले गरेका छन् । राईले पत्रिकाले आफ्नो छवि धमिल्याएको र प्रतिष्ठामा क्षति पुऱ्याएको पनि विज्ञप्तिमार्फत बताएका छन् । तर, पक्राउ परेका राजेन्द्र राईले सत्यतथ्य बताएर प्रहरीलाई सहयोग गरे भने परिवर्तन जोगिनसक्ने सम्भावना देखिएको छैन ।