बाढीमा बग्यो जङ्गे सीमास्तम्भ

बाढीमा बग्यो जङ्गे सीमास्तम्भ


पश्चिमबाट पूर्वतर्फ हुँदै बग्ने मोहना नदीमा आएको बाढीको कटानबाट कैलालीको धनगढी उपमहानगरपालिका–९ को नेपाल-भारत सीमा क्षेत्र नजिकको ७४८ नम्बरको जङ्गे सीमास्तम्भ बगाएको छ । नदीले कटान गर्दा गएराति उक्त सीमास्तम्भ बगाएको वडाअध्यक्ष प्रेमबहादुर भण्डारीले जानकारी दिएका छन् ।

‘सीमास्तम्भ वरिपरि दुवै देशका सुरक्षा अधिकारीको समन्वय र सहयोगमा जैविक तटबन्धन गरेका थियौँ, रातिको बाढीले सीमास्तम्भसहित जैविक तटबन्धन बगाएको छ’, भण्डारीले भनेका छन्, ‘सीमास्तम्भ जोगाउने प्रयासका लागि विगतमा पक्की तटबन्धन निर्माणको पहलस्वरूप उपमहानगरपालिकाका प्रमुखसँग गरिएको आग्रह सफल हुन नसक्दा बाढीले अहिले सीमास्तम्भ बगाएको छ ।’