एमालेमै फर्किइन् समाजवादीका केन्द्रीय सदस्य तुलाधर

एमालेमै फर्किइन् समाजवादीका केन्द्रीय सदस्य तुलाधर


माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर पूर्ववत् पार्टी नेकपा (एमाले)मा फर्किएकी छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार नेतृ तुलाधरलाई आफ्नो निवास बालकोटामा प्रवेश गराएका हुन् ।

तुलाधर नेपाल शिक्षक महासङ्घका अध्यक्ष पनि हुन् ।

तुलाधरको एमाले प्रवेशका अवसरमा एमालेका केन्द्रीय सदस्य बाबुराम थापा र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु भण्डारी पनि सहभागी थिए ।

ज्ञातव्य छ, एमालेको विभाजनबाट एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।