सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय


सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पार्टी पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का पार्टी अध्यक्ष प्रचण्डले जनमत पार्टीलाई सरकारका सहभागी गराउने यसअघि नै बताइसकेका थिए । सो पार्टीका तर्फबाट अनितादेवी साहलाई मन्त्री बनाउने निर्णय यसअघि नै गरिसकेको छ । सत्तागठबन्धमा भए पनि जनमत पार्टी सरकारमा सहभागी हुन सकेको थिएन ।

बताइएअनुसार आइतबारको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको पछिल्लो अवस्था र शान्ति सुरक्षालगायतका विषयमा बैठकमा जानकारी गराएका थिए ।