आगामी सेप्टेम्बर १६ मा प्रधानमन्त्री अमेरिका र त्यतैबाट चीन जाने

आगामी सेप्टेम्बर १६ मा प्रधानमन्त्री अमेरिका र त्यतैबाट चीन जाने


photo: rss

प्रधानमन्त्री प्रचण्ड आगामी सेप्टेम्बर १६ तारिखमा अमेरिका जानुहुने भएको छ । मंगलबार विभिन्न मिडियाका सम्पादकसँग कुराकानी गर्दै उहाँले सो जानकारी दिनुभएको हो ।

आफू सेप्टेम्बर १६ मा संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिका जाने र त्यतैबाट सेप्टेम्बर २१ तारिखमा चीन जाने जानकारी उहाँले दिनुभयो । यस पटक चीन भ्रमणका क्रममा केही महत्वपूर्ण सहयोग सम्झौता हुनेसमेत उहाँले बताउनुभयो ।

चीनको बिआरआई आयोजनाका बारेमा राखिएको एक जिज्ञासामा उहाँले नेपालसँग भएको बिआरआई सम्झौताको कार्यान्वयन आयोजनका बारेमा छलफल हुने र, यस बिआरआई आयोजनाअन्तर्गत नेपालमा अनुदान सहयोगसम्बन्धी प्रस्ताव आफूले चीनसँग राख्ने उहाँले बताउनुभयो ।

चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङसँग पनि द्विपक्षीय भेटवार्ता हुने प्रधानमन्त्रीको भनाइ थियो ।