ललितानिवास जग्गा प्रकरण : दुई जनालाई थुनाबाहिर रहने गरी छाडियो

ललितानिवास जग्गा प्रकरण : दुई जनालाई थुनाबाहिर रहने गरी छाडियो


बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामध्ये दुई जनालाई थुना बाहिर रहने गरी छाडिएको छ ।

उक्त प्रकरणमा पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेलाई उपचारका लागि थुनाबाहिर रहने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

स्वास्थ्यका कारण दुवैलाई मुद्दा बुझाउने दिन पेस गर्ने गरी उपचारका लागि थुनामुक्त गरिएको उनको भनाइ छ ।