एउटा सानो कुरा : स्वतन्त्रता !

एउटा सानो कुरा : स्वतन्त्रता !


नेपालको परम्परागत शान्ति, सहिष्णुता तथा सहृदयता कहाँबाट भङ्ग हुँदैछ भन्ने तत्थ्यहरू ‘धरानतिर’बाट सल्किँदै छन् ।
✍ गोविन्द शरण

समय : ७.५०, ठाउँ कतार एयर

‘कहाँ जाँदै हुनुहुन्छ’ – उनले सोधिन् । म जर्मनी जाँदै थिएँ । हामी सीटका सहयात्री भएकाले होला उनले नै कुरा थालिन् ।

‘म बर्लिन जाँदैछु, तपाईं नि ?’

‘ए, म पनि जर्मनी नै त हो नि ?’ उनले भनिन् । साँच्चिकै भन्ने हो भने मलाई अलिअलि लाज अनुभव हुँदै थियो कुरा आरम्भ गर्न । उनले नै आरम्भ गरेपछि ठीकै भयो ।

‘कहाँबाट आउनुभयो ?’

‘नेपालबाट !’

‘ए, नेपालमा त विश्वप्रसिद्ध पशुपतिनाथको मन्दिर छ, होइन र ?’

मैले भनेँ- ‘हो, पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, सगरमाथा, जनकपुर नेपालका प्रसिद्ध ठाउँ हुन् । यसबाहेक धेरै छन् । तपाईं नेपाल जानुभएको छ ?’

‘अहँ, जाने निकै इच्छा छ । मैले हिन्दूधर्म ग्रहण गरेपछि एक पटक पशुपतिनाथको दर्शन गर्न साह्रै रहर छ !’

‘हिन्दू भएपछि… ? अनि तपाईं पहिला के धर्म मान्नुहुन्थ्यो ?’- मलाई ज्यादै कौतुहल लागेर सोधेँ ।

‘म मुस्लिम परिवारमा जन्मिएको हुँ । म टर्कीको नगरिक हो तर अहिले न्युयोर्क विश्वविद्यालयमा इतिहासको सहप्राध्यापक छु । मैले धर्म परिवर्तन गरेको होइन । हिन्दूहरूले धर्म परिवर्तन गर्न पर्दैन । मान्छेले हिन्दू-आचरण स्वीकार गरेपछि उ स्वतः हिन्दू बन्ने रहेछ । मान्छेले स्वतन्त्रताको बास्तविक अनुभव गर्न र स्वतन्त्र जीवन बाँच्न चाहन्छ भने हिन्दू जीवनशैली धेरै राम्रो हुन्छ । ’

उहाँको कुरा सुनेर मलाई अचम्म लागिरहेको थियो ।

‘तपाईं कुन धर्म मान्नुहुन्छ नि ?’- ती महिलाले मसँग सोध्नुभयो । मैले भनेँ- ‘म हिन्दू हुँ तर हाम्रो समाजमा तपाईं कुन धर्म मान्नुहुन्छ भनेर सोध्ने चलन छैन । मान्छेहरूले आ-आफ्ना धर्म, सम्प्रदाय र आस्था मानिरहेका हुन्छन् । किन कसैको धर्म सोध्नुपऱ्यो र ?’

‘हो, तपाईंले भन्नुभएको कुरा नै सत्य हो । म जन्मेको र हुर्केको मुस्लिम समाजमा तिम्रो धर्म के हो ? भनेर सबैसँग सोध्ने गरिन्छ । यदि तपाईं मुस्लिमहरू हुन्छ भने उनीहरू सजिलो अनुभव गर्छन् तर तपाईं त्यही मुस्लिम समाजको वा पन्थको हुनुपर्छ, जुन सोध्नेवालाले विश्वास गर्छ । उदाहरणका लागि यदि सोध्नेवाला र उत्तरदाता दुवै सुन्नी छन् भने ठीक छ, नत्र सुन्नी र शिया भए भने एकआपसमा अस्वीकार गरिन्छ । एकआपसमा तल्लो तहको घृणा हुन्छ ।’

‘ए त्यसो पो, त्यसो भए मजस्तो हिन्दूलाई त्यो समाजमा कस्तो ठाउँ होला ?’ मैले स्वभाविक जिज्ञासा राखेँ ।

‘हो, यो निकै महत्वपूर्ण प्रश्न हो । न्युयोर्क विश्वविद्यालयमा विद्यार्थीहरूले भर्ना गर्दा ‘धर्म’ कुन हो भन्ने लेख्नुपर्छ । मुस्लिम र इसाईहरूले एउटाले अर्कालाई ‘धर्म’को मान्यता दिँदैनन् भने उनीहरूले हिन्दू वा बौद्धहरूको धार्मिक अस्तित्वलाई स्वीकार गर्ने कुरा नै भएन । मुस्लिम समाजका लागि हिन्दूहरू निकै घृणित काम गर्ने व्यक्ति हुन्, किनभने उनीहरू मूर्तिपूजा गर्छन्, धेरै देवीदेवता मान्छन् वा नास्तिक भएर पनि हिन्दू नै हुन्छन् ! मुस्लिम समाजमा हिन्दूप्रति निकै घृणा हुन्छ तर विकसित देशमा कानुनको डरले गर्दा बोल्न सक्दैनन्’- उहाँले भन्नुभयो ।

‘नेपालमा त इसाई र मुस्लिम, हिन्दू, बौद्ध, जैन तथा किरातीहरू मिलेर बसेका छन्’- मैले स्वाभाविक रूपमा भनेँ ।

‘हो, यो राम्रो कुरा हो, असाध्यै राम्रो । उनीहरूको शास्त्रीय सिद्धान्तले अर्को सांस्कृतिक वा धार्मिक विश्वाससँग मिलेर बस्ने वा सहकार्य गर्ने अनुमति दिँदैन । बाइबल र कुरान कुरानले आफूबाहेकको संस्कृतिलाई नष्ट गर्ने रोडम्याप तयार गरिदिएको छ । नेपाली इसाई र मुस्लिमहरूले त्यहाँको बहुलवादलाई कहिलेसम्म स्वीकार गर्छन् ? यो एउटा महत्वपूर्ण तर वास्तविक प्रश्न हो ।

‘अहिलेको नेपाली राजनैतिक दृष्टिकोण धर्मनिरपेक्ष छ तर हिन्दूसहित मौलिक संस्कृतिमा खलल पार्नेलाई दण्डको व्यवस्था हो’- मैले भनेँ ।

‘धर्मनिरपेक्षता एउटा मानवतावादी हतियार हो जसको प्रयोग विकसित राष्ट्रहरूले आफ्नो कुरा लाद्न प्रयोग गर्छन् । विकसित मुलुकहरूले साउदी, कतार, कुवैतजस्ता धर्ममा आधारित राष्ट्र र ती देश र ती देशले धार्मिक स्वतन्त्रतामा बन्देज गर्दा कुनै प्रतिबन्धको सामना गर्नु पर्दैन, तर इरानसँग सधैं खटपट हुन्छ । धर्मनिरपेक्षता नितान्त राजनैतिक संस्कृति हा । मैले इन्टरनेटमा धर्मपरिवर्तन गर्नेमध्ये नेपालको नाम अगाडि रहेको पढेकी थिएँ । धर्मपरिवर्तन बढ्दै जाँदा देशले इतिहास, संस्कृति तथा मौलिकता गुमाउने निश्चित छ । तपाईंको सरकारी तन्त्रले कानुनी व्यबस्थाको उपहास गर्छ’- उहाँको विचार थियो ।

‘तर म एउटा हिन्दू आस्था भएको व्यक्ति हुँ । मलाई लाग्छ- सबै धर्म समान हुन् र सबैको धार्मिक लक्ष्य ईश्वरप्राप्ति नै हुन्छ’- मैले भनेँ ।

‘हो, सैद्धान्तिकरूमा सबै धर्मगुरूहरूले यस्तै कुरा गर्छन् किनभने यो सुन्नलाई निकै मिठो छ । मेरै देशका मुस्लिम धर्मगुरूहरूले यो कुरा बारम्बार भनिरहन्छन् तर उनीहरू मसँग शत्रुतापूर्ण व्यवहार गर्छन् किनभने एउटी मुस्लिम महिला प्राध्यापक भएर ‘मानवीय स्वतन्त्रता’ उपयोग गर्नु कुरानका आज्ञाको अपमान हा । इसाईहरू पनि कम छैनन् । मैले न्युयोर्कमा एकजना नेपाली महिलाले धर्मगुरूका रूपमा उँचो आसनमा बसेर धार्मिक उपदेश दिएको र भीडले उनको सम्मान गरेको देखेकी थिएँ । मैले हिन्दूमहिलाको उच्चसम्मान देखेर हिन्दू-जीवनशैली स्वीकार गरेकी हुँ । मेरो मुस्लिम समाजमा यो निकै अधार्मिक काम हा । एउटी मुस्लिम वा इसाई महिलाका लागि यो कुरा कल्पनाबाहिरको हुन्छ’- उहाँले आफ्नो बुझाइ प्रष्ट पार्नुभयो ।

‘त्यसोभए हिन्दूहरूले पनि मुस्लिम र इसाईसँग मिलेर बस्न नसक्ने अभ्यास गर्नु उचित होला र ?’, मैले सोधेंँ ।

‘होइन, कदापि होइन । आजको बौद्धिक विश्वले हरेक मुसलमान, इसाई, नास्तिक वा अन्य आस्था भएको व्यक्ति वा समाजको मान्छेको मनमा हिन्दू-सफ्टवेर खोजिरहेको छ । मान्छे शान्ति, विकास र सुखी जीवन चाहन्छ । इसाई-मुस्लिम वा मैले चाहँदैमा विश्वको बहुलवादी प्रकृति नष्ट हुँदैन । अन्ततः बाहिरी रूपमा कट्टर मुस्लिम, यहुदी वा इसाई देखिए पनि भित्र एउटा मान्छे लुकेको हुन्छ । त्यो मान्छे हिन्दूबाहेक कोही हुनै सक्दैन । हिन्दूहरूको मानसिक तथा बौद्धिक बुझाई नै बहुलवादी भएकोले भविष्यको विश्वले हिन्दू प्रतिमानहरू स्वीकार गर्नेपर्छ । मभित्रको मान्छेले जीवनजगतलाई बुझ्न हिन्दू-चेतनाको प्रयोग गरे भैहाल्छ । धर्मपरिवर्तनले कट्टरताबाहेक केही निम्त्याउँदैन ।

उहाँको कुराले मभित्रको हिन्दू गौरव जीवन्त हुँदैथियो । मैले ‘जान्नेलाई श्रीखण्ड नत्र खुर्पाको बिँड़’ भन्ने उखान सम्झिएँ । आजको मितिमा नेपालको परम्परागत शान्ति, सहिष्णुता तथा सहृदयता कहाँबाट भङ्ग हुँदैछ भन्ने तत्थ्यहरू ‘धरानतिर’बाट सल्किँदै छन् ।