भारतद्वारा चन्द्रमा मिसनको सफ्ट ल्याण्डिङको समयतालिका सार्वजनिक

भारतद्वारा चन्द्रमा मिसनको सफ्ट ल्याण्डिङको समयतालिका सार्वजनिक


भारतले चन्द्र मिसन-३ (चन्द्रयान-३) को ल्यान्डर मोड्युल अगस्ट २३ मा साँझ ६ः०४ बजे चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम रहेको बताएको छ । भारतीय मानक समयअनुसार भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले आइतबार आधिकारिक रूपमा यसबारे घोषणा गरेको छ ।

अन्तरिक्ष एजेन्सीले विज्ञप्ति जारी गर्दै भनेको छ, पललाई राज्य सञ्चालित टीभी च्यानल दूरदर्शन र फेसबुक र यूट्यूब जस्ता विभिन्न सामाजिक मिडिया प्लेटफर्महरू बाहेक यसको वेबसाइटमा समेत प्रत्यक्ष प्रसारण गरिनेछ ।

भारतको चन्द्र मिसन-३ जुलाई १४ मा प्रक्षेपण गरिएको थियो र बिहीबार ल्यान्डर मोड्युल अन्तरिक्ष यानबाट अलग भएको थियो ।

चन्द्रयान-३ को सफ्ट ल्यान्डिङको सक्रियताका साथ विद्यार्थीहरूका बीचमा प्रचारप्रसार गर्न र यसको लाइभ स्ट्रेस व्यवस्थित गर्न दक्षिण एसियाली देशका सबै विद्यालय र शैक्षिक संस्थाहरूलाई आमन्त्रित गरिएको छ ।