एशियाली शारीरिक सुगठनमा २५ राष्ट्रको सहभागिता रहने

एशियाली शारीरिक सुगठनमा २५ राष्ट्रको सहभागिता रहने


नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासङ्घको आयोजनामा राजधानीमा ५५औँ एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता हुने भएको छ ।

यही भदौ १५ गतेदेखि २१ गतेसम्म हुने उक्त प्रतियोगितामा एशियाली राष्ट्रका २५ राष्ट्रले भाग लिने आयोजक महासङ्घको अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

नेपाललमा पहिलो पटक एशियालीस्तरको उक्त प्रतियोगिता हुन लागेको हो । दरबारमार्गस्थित याक एण्ड यती होटलमा हुने उक्त प्रतियोगितामा पुरुषतर्फ २८, महिलातर्फ १६ र मिक्सतर्फ एक गरी ४५ विधामा प्रतिस्पर्धा हुनेछ ।

सात दिनसम्म सञ्चालन उक्त प्रतियोगिताको उद्घाटन खेलमा विभिन्न १६ वटा विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।