गायक खनालको तीजगीत ‘सम्झनाले हो..’ बजारमा

गायक खनालको तीजगीत ‘सम्झनाले हो..’ बजारमा


गायक तथा सर्जक मोतिराज खनाल र सविन खड्काको तीजगीत बजारमा आएको हो । निकै मार्मिक र मर्मस्पर्षी तीजगीत मोतिराज खनाल अफिसियल युटुवबाट बजारमा आएको हो । गायक खनालकै शब्द तथा गीता पराजुली खनालको संगीत रहेको तीजगीत सम्झनाले हो पुरुषतर्फ लोकप्रिय गायक मोतिराज खनाल र इन्द्रेणी कार्यक्रममा चर्चित गायक छत्र शाही र महिला गायिकातर्फ लोकप्रिय गायिका भूमिका बयकले गीतलाइ मिठासपुर्ण तरिकाले प्रस्तुत गरेका छन् ।

छाडा र उत्ताउला गीतले तीजलाइ नै खल्लो र विकृतिउन्मुख बनाइरहेको बेला खनालले भने तीजको झल्को मेटिने गरी गाउँघरमा आमा, हजुरआमाहरूले घन्काउने लोक भाकालाई टपक्क टिपेर निकै मार्मिक र रोमान्चक चुड्का बनाएर अत्यन्त रमाइलो र मार्मिक तीजगीत म्युजिक भिडियोसहित बजारमा ल्याएका छन् ।

म्युजिक भिडियोमा शिवजी क्षत्री र आरुशी मगरको नृत्यले दर्शकको मन जित्न सफल भएको छ भने अभिनयतर्फ सबिन खड्का प्रदिप खड्का र स्मृति हमालको दमदार प्रस्तुतिले बेलाबेला दर्शकलाई भावविह्वल बनाएको छ आमा नहुँदा तीजमा माइत जादा चेलीलाई कति पीडा हुन्छ भन्ने कुरा कलाकारहरूले गीतमार्फत प्रस्तुत गरेका छन् ।

शिवजी क्षत्रीको निर्देशन तथा कोरियोग्राफर रहेको यस गीतको छायाङ्कन दुर्गा श्रेष्ठले गरेका हुन् । एरेन्ज मिक्सिङ र रेकर्डिस्ट रुबिन मगरको रहेको यो गीत मन्जरी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यस गीतका सर्जक तथा गायक मोतिराज खनालका लोकभाकाहरू बजारमा दर्जनौँ आइसकेका छन् ।

गीत संगित क्षेत्रका होनहार ब्याक्तित्व खनाल लोकसंगीत क्षेत्रमा कोशेढुङ्गा साबित भएका छन् । यो क्षत्रको लागि इटा थप्ने काम गरेका छन्।

खनालका बजारमा आएका गीतमध्ये जुनी जुनीसँगै बाँचौला, ऋण बढेर दोब्बर भइसक्यो, लालीगुराँस फुल्यो मायालु, सङ्गै सुते लाग्छ गोडामा, सधैं तमसा, यो सन्देश पठाइदेउ मेरी सानीलाई, जम्काभेट, के जमाना आयो, पैसाको बिटो, मामा घर, छोरी माइती, आउ बस आडैमा, मिर्मिजालैमा क्या राम्री पुतली लगायत तमाम गीत आइसकेका छन् ।

गीतको अलावा खनाल टेली सिरियलमा पनि आवद्ध छन्, काउकुती, आलु, छिमेकीहुँदै अहिले बाह्रमासे सिरियलमा खनाललाई देख्न सकिन्छ । गीत–कला क्षेत्रमा निरन्तर लागेका खनाल मन्जरी डिजिटल रेकर्डिङ स्टुडियो पनि साथीहरूसँग मिलेर चलाएका छन् ।

यस गीतका गायक खनाल, छत्र शाही र भुमिका बयकसँग सम्झनाले हो छोरी गीतको प्रतिक्रिया कस्तो पाउनुभएको छ भन्ने पत्रकारको प्रश्न तीनै जनाले गीतको प्रतिकृया राम्रो आएको र यो गीत सन्देशमुलक र मौलिक रहेको साथै गीतले हामीलाई उर्जा मिलेको गीत–सङ्गीतमा अझ निरन्तर काम गर्न हौसला मिलेको बताएका छन् ।

  • दिनेश महर्जन