साहित्य महोत्सवमा सरिक हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमा

साहित्य महोत्सवमा सरिक हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमा


त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं-कलिङ साहित्य महोत्सव’मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छन् । मुम्बई इन्डिगोको विमानमार्फत आज २ः२० बजे उनी नेपाल अवतरण गरेकी हुन् ।

अभिनेतृ दिव्या महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठी (सेसन)मा सहभागी हुने आयोजक समितिका सदस्य तथा नाट्यकर्मी राज शाहले जानकारी दिएका छन् । साहित्यसँगै चलचित्रको विषयमा हुने छलफलमा सहभागिता जानउने उल्लेख गर्दै शाहले अभिनेतृ दिब्या भदौ १८ मा भारत फर्किने तालिका रहेको बताए ।

दत्तासँगै अभिनेत्री मनिषा कोइरालाले एउटै मञ्चमा ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’बारे अन्तर्क्रिया गर्ने कार्यतालिका रहेको शाहले बताए ।

भदौ १५ गते (शुक्रबार)देखि सुरु हुने साहित्य महोत्सवमा नेपालसहित भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका लेखक तथा कलाकार भेला हुँदैछन् । यस अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ ।