आजको पञ्चाङ्ग एवम् राशिफल (१५ भदौ २०८० शुक्रबार, १ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ भदौ २०८० शुक्रबार, १ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र १६ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर १ तारिख शुक्रबार, भाद्रपद कृष्णपक्षको द्वित्तिया तिथि तैतिल करण चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४२ मा भयो र सूर्यास्त साँझ १८ः२२ बजे हुनेछ ।

आजको राशिफल

मेष– आजको दिन शुभदायी नै छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । तर, छरछिमेकमा भने केही असमझदारी या विवाद बढ्न सक्ने योग छ । सन्तान पक्षले प्रसन्नता दिलाउनेछन् भने परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ ।

वृष– समय उत्साहवर्द्धक रहला । पितृधन प्राप्ति एवम् नयाँ ज्ञान सिक्ने अवसर जुर्ला । व्यापार–व्यवसायमा विशेष लाभ मिल्नेछ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना रहेको छ । वैदेशिक क्षेत्रबाट लाभ प्राप्त होला । दिन मनोरञ्जनपूर्ण नै रहनेछ ।

मिथुन– सामाजिक कामको दायित्व बढ्ने समय छ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति होला । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने दिन छ ।

कर्कट– आजको दिन अलिक चुनौतीपूर्ण रहला । अलिक द्विविधामा परिने तथा निर्णायक क्षमतामा कमी आउने योग छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । सहयोगीजनले नै तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । शत्रुपक्षको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, सचेत रहनुहोस् । व्यापार तथा उद्योगतर्फबाट भने फाइदा हुनेछ ।

सिंह– लाभदायक समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी होला । कृषि तथा पशुपालनमा सामान्य भएपनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । आजको दिन विशेष प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् ।

कन्या– नयाँ जिम्मेवारी हात पार्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ भने सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने देखिन्छ । रोकिएका काम सम्पादन हुनेछन् । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ तर कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ ।

तुला– आजको दिन स्वास्थ्य कमजोर रहनाले काममा असर पर्ने देखिन्छ । जिम्मेवारी बढ्नेछन् भने सहयोगको आशा देखाउनेहरूबाट धोका पाइएला । आर्थिक आम्दानी बढ्ने बढ्ने योग छ । लेनदेनमा विवाद आउने सम्भावना रहेकोले सचेतनापूर्वक व्यवहार गर्नु हितकर होला । सहयोग गर्छु भन्नेबाट सजग रहनुहोला ।

वृश्चिक– बाध्यतापूर्ण कामको जिम्मेवारी मिले पनि प्रयास गर्दा रोकिएका बन्नेछन् । काममा लगानीको समय छ, केही मात्रामा खर्च बढ्नेछ । मातापिताको सहयोग प्राप्त होला । कृषि-चौपायाबाट लाभ मिल्नेछ । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला ।

धनु– परिवारजनको भरण-पोषणमा खर्च बढ्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् भने विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद रहला । तथापि, कार्यक्षेत्रमा कम उत्साह रहला ।

मकर– अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्ला । समयमा काम पूरा नहुनाले खिन्नता बढेपनि सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले गरिआएको कर्ममा केही समस्या थपिने सक्छ । । सामान्य खर्चको योग छ ।

कुम्भ– स्वास्थ्यमा कमजोरी महसूस भएपनि परिश्रम भने धेरै गर्नुपर्ने समय छ । तथापि, काममा सफलता मिल्नेछ । पढाइमा राम्रै प्रगति हुनेछ । भाग्योन्नतिको समय चल्नुका बाबजुद अप्रिय समाचारले मनमा खिन्नता बढ्न सक्छ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुर्न सक्छ, मौकाको लाभ उठाउने प्रयत्न गर्नु हितकर रहला ।

मीन– विभिन्न अवसर प्राप्तिको समय छ । सोचेको काम समयमा सम्पादन गर्ने प्रयत्न गर्नुहोला, अन्यथा अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिने योग छ । प्रेमको बन्धन कसिएला ।